श्री सिद्धि गणेश साकोस , हरमटारी , गोरखाले सञ्चालन गरिरहेको मोवाइल कलेक्टर एप प्रभावकारी बनिरहेको छ
– गणेश श्रेष्ठ , व्यवस्थापक , श्री सिद्धि गणेश साकोस , हरमटारी , गोरखा
गोरखा नगरपालिका-६, हरमटारीमा रहेको श्री सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालन गरिरहेको मोवाइल कलेक्टर एप राम्रो सँग सञ्चालन भइरहेको सोही संस्थाका व्यवस्थापक गणेश श्रेष्ठले बताउनु भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले कोरोना महामारीमा पनि हाम्रो यस संस्थाका सबै ऋणी सदस्यहरुले कर्जाको व्याज तिरेको बताउनुभयो । उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले सो संस्थाको गतिविधि लगायतका समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

सहकारी विभागको निर्देशन पालना गरी उक्त संस्थाको २०७७ कार्तिक २२ गते १०औं वार्षिक साधारणसभा तथा तृतीय अधिवेशन शरदबाबु कट्टेलको अध्यक्षतामा सञ्चालक समिति र कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरी सम्पन्न भयो । ४ वर्षे कार्याकाल रहने त्यस सञ्चालक समितिको उपाध्यक्षमा श्रवणकुमार जोशी , सचिवमा काजीराम श्रेष्ठ र कोषाध्यक्षमा विशाल राना मगर तथा सदस्यमा ज्ञानहरि अर्याल , भोलाप्रसाद मरहट्ठा , गोकर्ण राना मगर , नारायण खत्री र वसन्त बस्नेत एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा मनकाजी श्रेष्ठ र जगन सिंह गुरुङ्ग हुनुहुन्छ ।
साधारणसभाले सोही संस्थाका सचिव काजीराम श्रेष्ठले पेश गर्नु भएको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष शरदबाबु कट्टेलले पेश गर्नु भएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णकुमार श्रेष्ठले पेश गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थामा महिला ६२१ र पुरुष ५९२ गरी कूल शेयर सदस्य संख्या १,२१३ , कूल शेयर पूँजी रु.३,४३,८८,८०० , बचत संकलन रु.१६,०९,२४,००, कर्जा लगानी रु.१३,२९,०५,००० र कूल कारोवार २०,७२,२६,१३०/५८ रहेको उल्लेख छ ।

