सिर्जनात्मक साकोस , भोटेओडार , लमजुङको २१औं वार्षिक साधारणसभा सम्पन्न , आर्थिक वर्ष २०७६/०७७ मा कूल कारोवार रु.१,०४,०९,८३,४५५


लमजुङको सुन्दरबजार नगरपालिका-९ , भोटेओडार , सिर्जना चोकमा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लि.को २४औं वार्षिकोत्सव तथा २५औं वार्षिक साधारणसभा २०७७ मंसीर १३ देखि २० गते सम्म सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न भयो । यही मंसीर १३ देखि १७ गतेसम्म क्षेत्रगत आधारमा कार्यक्रम गरी मंसीर १८ र १९ गते साधारणसभा प्रस्तुत भएका प्रतिवेदन उपर संकलन गरी मंसीर २० गते सोही संस्थाका अध्यक्ष रामजी कँडेलको अध्यक्षता र लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का आध्यक्ष दुर्गा भक्त धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि धमलाले देशको राष्ट्रिय अर्थतन्त्रको तीनवटा खम्बा मध्ये एक खम्बा सहकारी क्षेत्रले आर्थिक , सामिजिक तथा सांस्कूतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । उहाँले लमजुङ जिल्लाको सहकारी अभियानमा महत्वपूर्ण योगदान गरिरहेको यस सिर्जनात्मक साकोसले गरिरहेको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउनुभयो ।
उक्त साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष रामजी कँडेलले हाम्रो यस संस्थाले विगतदेखि नै आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुको आर्थिक र सामुदायिक स्तर वृद्धि गराउन सफल रहेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताका कारण कोरोना महामारीको विषम अवस्थामा पनि बचत तथा ऋणको कार्य गरी आर्थिक वर्ष २०७६/०७७ शेयर सदस्य संख्या २,८२५ , वाल बचत संख्या १,०२५ र घरदैलो सेवा सदस्य संख्या ८१४ , शेयर पूँजी रु.९,६०,३५,६०० , कूल कारोवार रु.१,०४,०९,८३,४५५ , कूल बचत रु.५०,९२,९७,८५० र ऋण लगानी रु.५२३९,२०,५०३ रहेको बताउनुभयो ।
उक्त संस्थाका सह-अध्यक्ष केशवराज अधिकारीले स्वागत मन्तव्य , वरिष्ठ उपाध्यक्ष मुरारी भुजेलले धन्यबाद ज्ञापन र सचिव मेलबहादुर घलेले सो कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
त्यस साधारणसभामा सोही संस्थाका सचिव मेलबहादुर घलेले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष बद्रिनाथ खनालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक ऋषिराज अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले छलफल गरी सबै प्रतिवेदन पारित गरेको थियो ।
