चापाकोट पोखर साकोस , पोखराको कूल कारोवार रु.८,५८,३०,०००

0 Shares

कोरोना महामारीको विषम परिस्थितिमा पनि चापाकोट पोखरा बचत तथा ऋण सहकारी संस्था लि. प्रगतिपथमा अगाडि बढिरहेको रहेको देखिएको छ । २०७७ पुस ४ गतेसम्म सो संस्थाको शेयर पूँजी रु.३,५४,५२,५००, निक्षेप संकलन रु.४,२०,६०,००० , कर्जा लगानी रु.५,८५,५४,००० र कूल कारोवार रु.८,५८,३०,०००  रहेको त्यसै संस्थाका सह-व्यवस्थापक विकाश पराजुलीको भनाई छ ।

उक्त संस्थाको ८औं वार्षिक साधारणसभा २०७७ कार्तिक २० देखि ३० गते सम्म सोही संस्थाका अध्यक्ष शिवलाल पराजुलीको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न सो साधारणसभामा त्यसै संस्थाका अध्यक्ष पराजुलीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ‘सहकारीको सिद्धान्त,मूल्य , मान्यता , प्रचलित ऐन तथा यस संस्थाको विधानको अधिनमा रही सदस्यहरुको आर्थिक, सामाजिक तथा शैक्षिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै विगत ८ वर्षदेखि हाम्रो यो संस्था छरिएर रहेको स-सानो पूँजी एकत्रित गरी सदस्यहरुको आर्थिक उन्नति तथा आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ आफ्नो कारोवार सञ्चालन गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ’ भन्नुभयो ।

सोही संस्थाका उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य र सचिव युवराज पराजुलीले सञ्चालन गर्नु भएको त्यस साधारणसभामाा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक विक्रम पराजुलीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष तेजनारायण पराजुलीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट छलफल भई ती प्रतिवेदनहरु पारित भएका थिए ‌।

्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््

 

 

Leave a Reply