भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १६औं वार्षिक साधारणसभाको विस्तारित बैठक सम्पन्न
भक्तपुर जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.को १६ औं बार्षिक साधारणसभा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी सूचना तथा महामारीमा साधारणसभा सञ्चालन कार्यविधि, २०७७ बमोजिम २०७७ पुष ३ गतेदेखि पुष ११ गते सम्मको अवधि तोकेर साधारणसभा सञ्चालन भइरहेको छ । २०७७ पुष ११ गते सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेको प्रमुख अतिथ्यतामा र सदस्यहरुको भर्चुअल सहभागितामा समापन कार्यक्रम गर्ने गरी त्यस साधारणको कार्यक्रम तय गरिएको सो संघले जनाएको छ । उक्त संघको व्यवस्थापन कार्यदलले साधारणसभाको बारेमा जानकारी तथा प्रस्तावित विषयमा छलफल तथा रायसुझाव संकलन गर्ने उद्देश्यले भक्तपुर नगरपालिका र चाँगुनारयण नगरपालिकामा आबद्ध सदस्य संस्थाहरुको २०७७ पुष ६ गते विस्तारित बैठक साधारणसभा व्यवस्थापन कार्यदलका संयोजक हरि बल्लको अध्यक्षतामा सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो । सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले यस संघले अन्तर-लगानी, तालिम सञ्चालन गर्दै अभियानको क्षेत्रमा निरन्तर लागिरहेको कुरा बताउर्दै महामारीको अवस्थामा समुदायमा आधारित सहकारी संस्थाहरु संयमित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले महामारीमा सहकारीलाई सिध्याउने तरिकाले वित्तीय संस्थाहरुले व्यवहार गरिरहेको र सहकारी ऐन/ नियम समुदायमा आधारित सहकारीको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
संघका सचिव जगनाथ प्रजापतिले सञ्चालक समितिको तर्फबाट आ.व.२०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कान्छाभक्त घःजुले आ.व. २०७६/०७७ मा कुल वासलात रु.१ अर्व २ करोड ९९ लाख ६८ हजार र कूल नाफा रु. १ करोड ४४ लाख ४३ हजार रहेको आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभयो । कोषाध्यक्ष घ:जुले विशेष ऋणा ९ प्रतिशतमा रु.१ करोड ५० र विना धित्तो ऋण रु.६० लाख सम्म प्रदान गर्ने प्रस्ताव पेश गर्नुभयो ।
त्यसै संघका उपाध्यक्ष हरि बल्लले बैठकमा उपस्थित प्रतिनिधिलाई धन्यवाद दिदैं साधारणसभामा पेश भएका प्रतिवेदनहरु अध्ययन गरी सुझाव पेश गर्न अनुरोध गर्नुभयो । बैठकको सञ्चालन संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभयो । बैठकमा ५२ जना प्रतिनिधिको उपस्थिति रह्यो ।





