राष्ट्रिय सहकारी महासंघले ग-यो ५ सदस्यीय कार्यकारिणी समिति गठन

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अघिल्लो हप्ता अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा १९३औं बोर्ड बैठक बस्यो । सो बैठकले अध्यक्ष मिनराज कँडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यकारीणी समिति गठन गरेको सो महासंघले जनाएको छ । उक्त समितिको सदस्यमा सोही महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती र सञ्चालक तथा नेपाल केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेमबहादुर पाठक हुनुहुन्छ भने सञ्चालक रामकृष्ण खाँडलाई विशेष आमन्त्रित गरिने सो महासंघको भनाई छ ।
