श्री डुम्रे साकोस, डुम्रेको १४औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा पुन: रामकुमार पिया निर्विरोध चयन
तनहुँको बन्दीपुर गाउँपालिका-१ , डुम्रेमा रहेको श्री डुम्रे बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन २०७७ मंसीर ४ गतेबाट शुरु भई २०७७ पुस ४ गते ४ वर्षे कार्यकाल रहने गरी पुन: रामकुमार पियाको अध्यक्षतामा सञ्चालक समिति चयन गरी सम्पन्न भयो । उक्त संस्थाका ८६ बर्षीय जेष्ठ शेयर सदस्य अजक नारायण पियाको प्रमुख आतिथ्यता र अध्यक्ष रामकुमार पियाको अध्यक्षतामा सहकारी विभागको सहकारीको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सम्पन्न भएको थियो । साधारणसभामा त्यसै संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै सो संस्थाका अध्यक्ष पियाले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस संस्थाका शेयर सदस्य ज्यूहरुको माया , साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतका कारण कोरोना महामारीको भयाबह अवस्थामा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकिरहेको छ भन्नुभयो । उक संस्थाका सचिव राजकपुर पियाले सञ्चालन तथा कार्यालय प्रमुख अच्युत सुबेदीले संयोजन गर्नु भएको साधारणसभामा सोही संस्थाका कोषाध्यक्ष सम्शेरबहादुर गुरुङले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विकाश कुमार श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदनहरु छलफल गरी पारित भएको थियो ।
उक्त सभामा सो संस्थाका जेष्ठ शेयर सदस्य बन्दिपुर गाउँपालिका- १, डुम्रे निवासी अजय नारायण पिया र गोबिन्द लाल श्रेष्ठलाई सम्मान गरियो भने कर्मचारी रीता रानालाई सुत्केरी भएको उपलक्ष्यमा जोनसनेन बेबी लगायतको उपहार प्रदान गरी प्रोत्साहन गरिएको छ ।
सो अवसरमा आफ्नो ऋण नीति अनुसार त्यस संस्थाले आफ्ना शेयर सदस्य बन्दिपुर गाउँपालिका- १ , पिपलेका दिवंगत भीमप्रसाद गौतमको बचतकर्ता जमानी आन्तरिक वीमा कोषबाट रु.१ लाख २० हजार बराबरको ऋण भुक्तानी गरी कर्जा मिनाहा गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारीको असर र व्याजदर घटेपनि आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गरी हालको रु.१४ करोडको ब्यालेन्स सिट बढाउने लक्ष्य लिइएको त्यसै सस्थाका कार्यलय प्रमुख सुबेदीको भनाई छ ।
