ललितपुर बचत संघको २६औं वार्षिक साधारणसभा सम्पन्न , राष्ट्रिय सहकारी बैंकले शुरु गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाको स्तरोन्नति गरिने छ : के.बी. उप्रेती

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २६औ बार्षिक साधारणसभा २०७७ पुस ११ गते सहकारी विभागको सहकारी संघ /संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी जुम भर्चुअल विधिबाट सोही संघका अध्यक्ष रामहरि बजगाईको अध्यक्षता सम्पन्न भयो । २०७७ मंसीर २८ गते देखि सुरु भएको उक्त साधारणसभाको २०७७ पुस ११ गते सम्पन्न समापन कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले सहकारी संघ/ संस्थाहरुले आर्थिक तथा सामाजिक रुपान्तरणको विषयलाई आफ्नो लक्ष्य बनाएर कार्य गर्नु पर्ने बताउदै राष्ट्रिय सहकारी बैंक लि. सबै सहकारी संघ/संस्थाको बैंक भएकोले यसले आफ्ना सबै सदस्य संघ/ संस्थालाई समान व्यवहार गरिरहेको छ , यदी यस बैंकको कुनै पनि कर्मचारीले कसैप्रति पुर्वाग्रह राखेर काम गरेको पाइए कारबाही गर्ने बताउनुभयो । उहाँले ‘म कसैप्रति पुर्वाग्रह पालेर कुनै काम गर्दिन , यदी कसैले आफूले कसैप्रति पुर्वाग्रह पालेर कार्य गरेको प्रमाण ल्याए जस्तो सुकै कारबाही भोग्न तयार छु’ भन्नुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्ना सदस्य संघ /संस्थाहरुको प्रवर्द्धनका लागि गरिरहेको कार्य र यसले गरिरहेको प्रगति सरहानीय रहेको उहाँको भनाई थियो । अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंकले उत्पादनमूलक गैर-वित्तीय क्षेत्रमा सस्तो व्याजदरमा कर्जा लगानीलाई प्राथमिकता दिएको भन्दै यस बैंकले शुरु गरेको स्तरीकरण कार्यक्रममा सहभागी हुने सहकारी संस्थालाई स्तरोन्नति गरिने बताउनुभयो ।
बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि:बर्तमान अध्यक्ष रामशरण घिमिरे लगायतले सो संघको प्रगतिको कामना व्यक्त गर्नुभयो । त्यस कार्यक्रमको अध्यक्षता गर्दै सोही संघका अध्यक्ष रामहरि बजगाईले 

ऐन / नियम सहकारी मैत्री हुने गरी लविङ्ग गरिरहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सदैब आफ्ना सदस्य संस्थाहरुको समस्या समाधानमा लागी रहने र उनीहरुको हित हुने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस संघले आफ्ना सदस्य संस्थाहरुको प्रवर्द्धन र विकासका लागि विभिन्न खाले तालिम र अन्तर-लगानी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । सो संघका उपाध्यक्ष करुणा रत्ने बज्राचार्यले 
स्वागत मन्तव्य र सचिव श्यामकृष्ण महर्जनले 
सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा उक्त संघका सदस्य संस्थाहरु मध्ये उत्कृष्ट कारोवार गर्ने हाम्रो बचत तथा ऋण सहकारी संस्था लि., प्रयाग पोखरी , विभिन्न स्थानीय तहहरुबाट उत्कृष्ट कारोवार गर्ने साकोसहरु मध्ये ललितपुर महानगरपालिकाबाट अष्टमात्रृका बचत तथा ऋण सहकारी संस्था लि., धोबिघाट , गोदावरी नगरपालिकाबाट सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लि., टौखेल , महालक्ष्मी नगरपालिकाबाट उदय विनायक महिला बचत तथा ऋण सहकारी संस्था लि. , महांकाल गाउँपालिकाबाट कालेश्वर बचत तथा ऋण सहकारी संस्था लि. र बागमती गाउँपालिकाबाट सिसौटार महिला बचत तथा ऋण सहकारी संस्था लि. लाई सम्मान गरिएको थियो भने एकीकरण भएका ६ वटा सहकारी संस्थालाई समेत सम्मान गरी हौसला प्रदान गरिएको थियो । त्यस अवसरमा सोही संघमा कार्यरत कर्मचारीहरु मध्ये लेखापाल सविना बजगाईलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरी पुरस्कृत गरिएको थियो ।


२०७७ मंसीर २८ गते शुभारम्भ भएको सो साधारणसभा अन्तर्गत पौष ४ गतेसम्म ७ स्थानमा क्षेत्रगत सभा सम्पन्न गरिएको थियो भने पुस ५ देखि १० गतेसम्म प्रतिबेदन उपर सुभाव संकलन गरिएको थियो । त्यस साधारणसभाले उक्त संघका अध्यक्ष रामहरि बजगाईले पेश गर्नू भएको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक अशोक महर्जनले 
पेश गर्नु भएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष दीपक घिमिरेले 
पेश गर्नु भएको आर्थिख प्रतिवेदन छलफल गरी पारित गरेको थियो । पारित भएका ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा त्यस संघको सदस्य संख्या ५२१ , शेयर पूँजी रु.३ करोड ७४ लाख , निक्षेप संकलन रु.१ अर्ब २९ करोड ५४ लाख र कर्जा लगानी रु.७८ करोड ५४ लाख रहेको उल्लेख छ ।

त्यस साधारणसभाको संयोजन त्यसै संघका व्यवस्थापक सन्तोष बजगाईले गर्नु भएको थियो ।

https://m.facebook.com/story.php?story_fbid=414274523251174&id=100040058883925
