चौतारी साकोस , भरतपुर म.न.पा.-३, न्युरोड, चितवनको ९औ वार्षिक साधारणसभा जारी

0 Shares

चितवनको भरतपुर महानगरपालिका-३, न्युरोडमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लि.को ९औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष विष्णुप्रसाद कँडेलको अध्यक्षतामा २०७७ पुस १२ गतेदेखि सहकारी विभागको सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सञ्चालन भइरहेको छ ।  नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी लगायतका सहकारी अभियान्ताहरुको आतिथ्यतामा २०७७ पुस १८ गते त्यसै संस्था शेयर सदस्यहरु मध्येबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा सो साधारणसभाको समापन कार्यक्रम गर्ने तयारी भइरहेको सोही संस्थाका उपाध्यक्ष गोपाल श्रेष्ठको भनाई छ  ।

२०७७ पुस १२ गते उक्त संस्थाका जेष्ठ शेयर सल्हाकार बामदेव खनालको प्रमुख आतिथ्यतामा त्यस साधारणसभाको उद्घाटन भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष कँडेलले आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भई रहेको हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको भन्दै कोभिड-१९ को महामारीको समयमा पनि हाम्रो यो संस्थाले सुरक्षा मापदण्ड पालना गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै उहाँहरुलाई माक्स र खाद्यन्न वितरण गरेको बताउनुभयो । उहाँले  ‘कोभिड-१९ को महामारीका कारण आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी यस संस्थाले प्रवाह गर्ने कर्जाको व्याजदर घटाएर ११ प्रतिशत बनाएको र भाका नाघेको कर्जाको हर्जाना मिनाहा गरेको थियो , जो अहिले पनि यथावतै रहेको छ’ भन्नुभयो  ।

सो अवसरमा त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका सचिव रामशरण सिलवालले ‘सँगै काम गरौं , सँगै मिलेर अगाडि बढौं’ भन्ने मूल भावनबाट अभिप्रेरित भई ‘समुदायको पहिलो रोजाई सभ्य र समृद्ध समाज निर्माणका लागि दिगो वित्तीय संस्था चौतारी’  भन्ने मूल नारालाई आत्ममसात गर्दै समुदायमा छरिएर रहेको स-सानो पूँजीलाई एकत्रित गरी समुदायमा नै सदस्यहरु वीच आयमूलक कार्यमा लगानी गर्ने दीर्घकालीन सोचका साथ सबैको साझा चौतारी बनाउनका लागि तत्कालीन भरतपुर नगरपालिका वडा नं.३ र ४ लाई आफ्नो कार्यक्षेत्र बनाई ६२ जना शेयर सदस्य ज्यूहरु मिली श्री खेमराज पाण्डेको अध्यक्षतामा २०६८ साल मंसीर ८ गते स्थापना भएको यस संस्थामा यतिबेला ६०१ जना महिला र ६०० जना पुरुष गरी शेयर सदस्य संख्या १,२०१ र शेयर पूँजी रु.२,४७,३१,५०० रहनुका साथै शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको योगदानका कारण स्थापना भएको छोटो समयमा नै यस संस्थाले उल्लेख्य प्रगति गर्न सफल भएको छ’ भन्नुभयो । त्यसै अवसरमा उक्त संस्थाका कोषाध्यक्ष दिनेश खनालले कोषाध्यक्ष तथा ऋण उप-समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णप्रसाद पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरु माथि छलफल गर्ने र सुझाव संकलन गर्ने कार्य भइरहेको 

सोही संस्थाकी व्यवस्थापक इश्वरी घिमिरेको भनाई छ । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले 

‘ कोभिड-१९ को कारण विश्वमा नै आर्थिक मन्दी आइरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव सहकारी क्षेत्रमा पनि रहेको छ । त्यसबाट हाम्रो चौतारी बचत तथा ऋण सहकारी संस्था लि. पनि अछुतो रहन सकेको छैन । यस विषम परिस्थितिमा लगानी गर्ने क्षेत्रको अभाव रहेकोले संस्थामा तरलता बढेर ४२ प्रतिशत सम्म पुगेको छ । यसको व्यवस्थापनको लागि हामी योजना बनाएर अगाडि बढिरहेका छौं र लगानी बृद्धिको लागि विभिन्न ऋण शीर्षकमा व्याज न्युन गर्दै लागेका छौं’ भन्नुभयो ।

Leave a Reply