नेफस्कूनले ७ प्रतिशत व्याजदरमा थाल्यो कर्जा लगानी

नेफ्स्कूनले २०७७ पुस १५ गतेबाट कृषि थोक कर्जा र आपतकालीन तरलता सापटी’,शीर्षकको कर्जामा ७ प्रतिशत व्याजदरमा लगानी गर्न शुरु गरेको जनाएको छ । सहकारी संघ/संस्थामा बढेको तरलता व्यवस्थापन गर्न र कृषि क्षेत्रको प्रवर्द्धन र व्यवसायिकरण गर्ने उद्देश्यले १ वर्षसम्म ७ प्रतिशत व्याजदरमा कृषि थोक कर्जा प्रवाह गर्ने साथै उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न शीर्षकको कर्जामा ०.२५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म ब्याजदर घटाएको तर बचतको व्याजदर भने यथावत रहेको नेफ्स्कूनको भनाई छ ।
कोभिड-१९ को महामारीको कारण लगानी गर्न नपाएपछि सहकारी क्षेत्रमा तरलता बढेको देखिएको छ । निक्षेप थुप्रिएपछि त्यसलाई व्यवस्थापन गर्न सहकारी संस्थाहरुले बैंक तथा वित्तीय संस्थाको मुद्धती खातामा त्यसलाई जम्मा गर्ने क्रम बढेको छ तर बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिले जम्मा गरेको बचतमा भन्दा सहकारी संघ/संस्थाहरुले जम्मा गरेकौ निक्षेपमा व्याजदरको कम दिने गरेको सहकारी संघ /संस्थाका सञ्चालकहरुको गुनासो गरेको छ ।
भक्तपुरकाे नगरकोटमा जारी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा भक्तपुरको नगरकोटमा साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि (CUMCC) तालिमकाे चाैथाे दिन हिजो छलफल, सामूहिक कार्य र अध्ययनमा व्यस्त हुनुहुन्थ्यो सहभागीहरू । यही पुस १२ गते शुरू भएको सो तालिम आज सकिने आयोजकको भनाई छ । २६ वटा बचत तथा ऋण सहकारी संस्थाका २७ जनाको सहभागिता रहेको त्यस तालिममा व्यवस्थापकहरुको मुख्य भूमिका र दक्षता, वित्तीय बजारमा साकोसको छवि, रणनीतिक सोच र योजना निर्माण, साकोसको सेवाले ओगटेको क्षेत्र, वित्तीय लक्ष्य निर्धारण लगायत अन्य विविधि उपयोगी विषयहरु समाविष्ट रहेेेको जनाइएको छ । कोभिड-१९ को महामारीको कारण नेफ्स्कूनले लामो समयको अन्तराल पछि CUMCC तालिम सञ्चालन गरेको हो ।