अनुग्रह साकोस , खै.न.पा.-१०, कठार , चितवनले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको छ
– माया चौधरी
प्रबन्ध सञ्चालक
अनुग्रह साकोस , खैरहनी न.पा.-१०, कठार , चितवन
चितवनको खैरहनी नगरपालिका-१०, कठारमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था लि.की प्रबन्ध सञ्चालक माया चौधरीले ‘हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको छ’ भन्नुभयो । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले नेफ्स्कूनको सहयोगमा कोरोना महामारी कारण उत्पन्न यस संस्थाको तरलता व्यवस्थापन नेफ्स्कूनको सहयोगमा गरिएको बताउनुभयो । प्रबन्धक सञ्चालक चौधरी सँग गरिएको कुराकानी यस प्रकार छ ।
