सगुन साकोस , आबुखैरेनी , तनहुँको अध्यक्षमा विमला कुँवर पुन: निर्विरोध चयन

0 Shares

तनहुँको आबुखैरेनी गाउँपालिका-३, आबुखैरेनीमा रहेको   सगुन बचत तथा ऋण सहकारी संस्था लि.को ९औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सोही संस्थाकी अध्यक्ष विमला कुँवरको अध्यक्षतामा २०७७ पुस ११ गते छिम्केश्वरी पार्टी प्यालेस , आबुखैरेनीमा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न सो साधारणसभाको उद्घाटन गर्दै 

आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले ‘सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान गरिरहेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गर्ने गरी आबुखैरेनी गाउँपालिकाले कार्य गरिरहेको छ’ भन्नुभयो । उहाँले स्थापना भएको छोटो समयमा यस सगुन साकोसले राम्रो प्रगति गरेको देखियो भन्दै त्यसको थप प्रगतिको कामना गर्नु भयो ।

साधारणसभामा उक्त संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सोही संस्थाकी अध्यक्ष कुँवरले ‘छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरी त्यसलाई परिचालन गरेर आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पु-याउने उद्देश्यका साथ आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको हाम्रो यस सगुन बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको छोटो समयमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ’ भन्नुभयो । उहाँले आबुखैरेनी गाउँपालिका भित्र कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाको आर्थिक वर्ष २०७६/०७७ मा महिला १,०३२ र पुरुष ९०२ गरी शेयर सदस्य संख्या १,९३४ , शेयर पूँजी रु.१ करोड २९ लाख ९ सय ५ , निक्षेप संकलन रु.१३ करोड २ लाख ३९ हजार ९ सय ८५ , कूल कर्जा लगानी रु.७ करोड ९५ लाख ३० हजार ३५/५७ , कर्जा असुली रु.६ करोड २१ लाख ५२ हजार ४ सय ९८/४५ , बाँकी कर्जा लगानी रु.७ करोड ९५ लाख ३० हजार ३५/५७ र कूल कारोवार रु.१६ करोड ४८ लाख ०३ हजार ७०/२५ रहेको र आर्थिक वर्ष २०७७/०७८ मा यस संस्थाको शेयर सदस्य संख्या शेयर पूँजी र कारोवार बृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सो संस्थाका उपाध्यक्ष सन्तबहादुर के.सी.ले स्वागत मन्तव्य , सचिव प्रताप बाबु थापाले सञ्चालन र व्यवस्थापक झलक थापाले संयोजन गर्नु भएको त्यस साधारणसभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक देवेन्द्र थापा ‘बाबुलाल’ ले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश कार्कीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनज्ञरु साधारणसभाबाट छलफल गरी पारित भएका थिए ।

उक्त साधारणसभा तथा अधिवेशनले पुन: विमला कुँवरको अध्यक्षतामा सञ्चालक समिति र डोलमाया गुरुङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्बसम्मत चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने सञ्चालक समितिको प्रथम उपाध्यक्षमा सन्तबहादुर के.सी., द्वितीय उपाध्यक्षमा इन्द्रमान परियार , प्रथम सचिवमा प्रताप बाबु थापा, द्वितीय सचिवमा शेरबहादुर गुरुङ र कोषाध्यक्षमा दिनेश कार्की तथा सदस्यमा  खितकुमार श्रेष्ठ , विमला श्रेष्ठ , सुष्मा श्रेष्ठ र सुरेन्द्र कुमार श्रेष्ठ एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा कृष्णबहादुर खत्री र गोपाल थापा हुनुहुन्छ ।

 

 

Leave a Reply