चौतारी साकोस, भ.म.न.पा.-३, न्युरोड , चितवनको नवौं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

भरतपुर महानगरपालिका-३, न्युरोड , चितवनमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लि.को नवाैं बार्षिक साधारणसभा २०७७ पुष १८ गते शनिबार सम्पन्न भएको सोही संस्थाकी व्यवस्पक इश्वरी घिमिरेले बताउनु भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सोही सस्थाका अध्यक्ष बिष्णुप्रसाद कँडेलकाे अध्यक्षता र प्रतिनिधि सदस्यहरुको सहभागितामा सम्पन्न उक्त साधारणसभाको समापन विशेष कार्यक्रमको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) की उपाध्यक्ष  शान्ती ढकाल अधिकारीले ‘नेफ्स्कूनले छुट्टै साकोस ऐन निर्माणका लागि पहल गरिरहेको बताउदै खराब कर्जाको कारण आफ्ना सदस्य संघ/संस्थाहरु भाग्न नपोस् भन्ने उद्देश्यले नेफ्स्कूनले स्तरीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ’ भन्नुभयो । उहाँले राम्रो सँग अगाडि बढिरहेको चौतारी साकोसको थप प्रगतिको कायना गर्दै यसलाई शेयर सदस्यता बृद्धि गर्न र प्रोवेशन ब्राण्ड (probation brand ) मा जान सुझाब दिनुभयो । सो कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष कँडेलले  विधि र पद्धति अनुसार आफ्ना शेयर सदस्य ज्यूहरुको मर्म र भावना अनुरुप हाम्रो यो संस्था सञ्चालन भइरहने बताउनुभयो । त्यसै संस्थाका उपाध्यक्ष गाेपाल श्रेष्ठले स्वागत मन्तव्य र सचिव रामशरण सिलवालले सञ्चालन गर्नु भएकाे सो कार्यक्रमबाट त्यस संस्थाको वार्षिक प्रगति प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित भएको थियो ।

 

Leave a Reply