एकता साकोस, आबुखैरेनी , तनहुँको कूल कारोबार रु.१ करोड ४४ लाखको हाराहारीमा छ
– दुर्गाबहादुर थापा
प्रबन्धक
एकता साकोस ,आबुखैरेनी , तनहुँ
तनहुँको आबुखैरेनी गाउँपालिका-३, आबुखैरेनीमा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक दुर्गाबहादुर थापाले ‘२०७७ पुस २५ गते आफ्नो दोस्रो वार्षिक साधारणसभा 
गर्ने तयारी गरिरहेको हाम्रो यस एकता बचत तथा ऋण सहकारी संस्था लि.को कूल कारोवार रु.७ करोड ४४ लाखको हाराहारीमा रहेको छ’ भन्नु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले यसका शेयर सदस्यहरुको यस संस्थाप्रति सकारात्मक रेस्पोन्स रहेको बताउनुभयो । आबुखैरेनी गाउँपालिका भित्र यस संस्थाको कार्यक्षेत्र रहेको उहाँको भनाई छ । प्रबन्धक थापासँग गरिएको कुराकानी यस प्रकार छ ।
