राष्ट्रिय सहकारी महासंघले तयार गरेको ‘दिगो उत्पादन र उपभोग’ विषयक मार्गदर्शनमा छलफल
राष्ट्रिय सहकारी महासंघ लि. नेपालले तयार गरेको सहकारी मार्फत दिगो उत्पादन र उपभोग विषयक मार्गदर्शनमा परामर्शदातासँग आज अन्तक्रिया गरिएको जनाइएको छ । दिगो विकासको लक्ष्य १२ को दिगो उपभोग र उत्पादनका सूचकहरुमा सहकारीको योगदान बृद्धि गर्ने उद्देश्यले मार्गदर्शन तयार गरिएको बताइएको छ । अन्तर्क्रिया कार्यक्रममा स्वीस कन्ट्याकका सिनियर एड्भाइजर पदमलाल भण्डारीले मागदर्शनको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासं लि.घका सञ्चालक डी.वी. बस्नेतले मागदर्शनका महत्वपूर्ण बुँदाहरुलाई समेटेर पकेट बुक बनाउन सकिने बताउनुभयो । त्यसैगरी सोही महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले 
सूचकहरुको आधारमा सहकारीको योगदानलाई संकलन गर्नका लागि यसले सहयोग पुग्ने बताउनुभयो । त्यस अन्तक्रिया कार्यक्रमलाई महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत सुरेश थापाले सहजीकरण गर्नुभएको थियो ।
