सहकारी संघ/संस्थाको वार्षिक साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी उक्त संस्थाका अध्यक्ष रामहरि के.सी.को अध्यक्षतामा सम्पन्न साधारणसभामा सोही संस्थाका सचिव प्रेमनाथ शर्मा कोइरालाले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले आर्थिक प्रतिवेदन तथा  आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । २०७७ पुस ४ गते आरम्भ भएको त्यस साधारणसभामा त्यसै संस्थाका सह-सचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।