शुभश्री साकोस , शंखधरचोक, भक्तपुरको १३औं वार्षिक साधारणसभा जारी

0 Shares

भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा २०७७ पुस १९ गतेबाट जारी छ । पुस २५ गते सम्पन्न हुने सो साधारणसभाको २०७७ पुस १९ गतेमध्यपुरथिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर श्रेष्ठले मध्यपुरथिमिनगरपालिकाले समृद्धिका लागि सञ्चालन गर्ने कार्यक्रममा सहकारी संस्थाहरुको साथ र सहयोग आवश्यक छ भन्दै मध्यपुरथिमि नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले स्थापना भएको छोटो समयावधिमा यस संस्थाले राम्रो प्रगति गरेको देखिएको भन्दै यसको थप प्रगतिको कामना गर्नुभयो ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी शुभारम्भ भएको उक्त साधारणसभाको उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना महामारीको विषम परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरुलाई घरदैलो सेवा प्रवाह गरेको बताउनुभयो । त्यस कार्यक्रममा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही
संस्थाका कार्यकारी प्रमुख रत्नमान श्रेष्ठले २०६४ कार्तिकमा २७ जना शेयर सदस्यहरुको रु.१,७२,००,००० शेयर पूँजीबाट कारोवार शुभारम्भ गरेको हाम्रो यो संस्था यतिबेला यस क्षेत्रको उत्कृष्ट सेवा प्रदायक संस्था बन्न सफल भएको छ भन्नुभयो । उहाँले आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर सदस्य संख्या २,५९२ ,शेयर पूँजी रु.४,४३,००,०००, निक्षेप संकलन रु.३५,०२,३५,००० , कर्जा लगानी रु.२०,६६,००,००० , खुद मुनाफा रु.१,१६,३४,००,००० र र जगेडा तथा अन्य कोषहरु रु.२,५१,२४,००० रहेको बताउनुभयो ।
२०७७ पुस १९ देखि २४ गतेसम्म शेयर सदस्यहरुवीच प्रतिवेदन माथि छलफल गरी सुझाव संकलन गरी २०७७ पुस २५ गते भर्चुअल विधिबाट समापन कार्यक्रम सो संस्थाले जनाएको छ । आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको उक्त संस्थाले अघिल्लो महिनाबाट नयाँ कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

Leave a Reply