डाँडाकालिका साकोस, गैंडाकोटको अध्यक्षमा शिवबहादुर पुन चयन

0 Shares

नवलपुरको गैंडाकोट नगरपालिका-२, गैंडाकोटमा रहेको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ मंसीर २१ देखि २७ गतेसम्म सोही संस्थाका अध्यक्ष भुमा थापा पुनको अध्यक्षता र सचिव राधा थापाको सञ्चालनमा १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भयो । सो साधारणसभाको अध्यक्षता गर्दै उक्त संस्थाका अध्यक्ष पुनले २०६८ माघ १५ गते स्थापना भएको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । सोही साधारणसभामा त्यसै संस्थाकी सचिव राधा थापाले आर्थिक वर्ष २०७६/०७७ को त्यस संस्थाको प्रगति प्रतिवेदन ,कोषाध्यक्ष श्रीमाया थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक इन्द्रबहादुर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट छलफल गरी ती प्रतिवेदनहरु पारित भएका थिए ।
सहकारी विभागको निर्देशन पालना गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न उक्त साधारणसभाले शिवबहादुर पुनको अध्यक्षतामा सञ्चालक समिति र इन्द्रबहादुर थापाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा राधा थापा , सचिवमा गीता थापा र कोषाध्यक्षमा राधिका कार्की तथा सदस्यमा टंकबहादुर थापा , शेरबहादुर थापा ,गोकर्ण बहादुर थापा पचण्भौया , रामचन्द्र सापकोटा , संगिता रानाभाट ,अनिता आले मगर र विष्णुमाया सापकोटा एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा नरमाया थापा र कविता आले हुनुहुन्छ ।
उक्त संस्थाले सोही संस्थाकी उपाध्यक्ष राधा थापाका पिता तथा त्यसै संस्था शेयर सदस्य दलबहादुर थापाको ८३ वर्षको उमेरमा भएको असामयिक दु:खद निधनप्रति शोक प्रकट गरी शोकाकुल परिवारजनमा समवेदन व्यक्त गरेको सो संस्थाकी लेखापाल बशन्ती थापाको भनाई छ ।

Leave a Reply