जिल्ला सहकारी संघ लि.,काठमाडौंको २१औं वार्षिक साधारणसभा शुरु, बन्यो सो संघको भवन निर्माण कोष

0 Shares


जिल्ला सहकारी संघ लि.,काठमाडौंको २१औं वार्षिक साधारणसभा २०७७ पुस २१ गतेबाट शुभारम्भ भएको छ ।
यहीी पुस २७ गते सम्पन्न हुने हुने सो साधारणसभाको हिजो उद्घाटन भएको हो । सोही संघका अध्यक्ष ज्ञानबहादुर तामाङको अध्यक्षतामा सम्पन्न ऊक्त साधारणसभाको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाल,राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती, राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका नि:वर्तमान अध्यक्ष टेकप्रसाद चौलागाई , नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरु र नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संघको प्रगतिको कामना गर्नुभयो ।

जिल्ला सहकारी संघ लि.काठमाडौंका अध्यक्ष ज्ञानबहादुर
तामाङले सो संघको वार्षिक प्रतिवेदन पेश गर्दै यस संघको बहुउद्देश्यीय प्रयोजनका लागि ब्यवस्थित भवन निर्माणका गर्न कोष स्थापना गरेको र त्यस कोषमा रु.१२ लाख ९१ हजार ५ सय ६४ जम्मा भएको बताउनुभयो । त्यसेगरी उक्त कार्यक्रममा सोही संघका लेखा सुपरीवेक्षण समिति संयोजक सुमन के.सी.ले संघको आर्थिक वर्ष ०७६/००७७ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदन माथि शेयर सदस्यहरु सँग यही पुस २२ देखि २६ गतेसम्म छलफल गरी सुझाव संकलन गर्ने कार्यक्रम रहेको आयोजकको भनाई छ ।
सो उद्धघाटन कार्यक्रममा कोषमा विभिन्न संस्था तथा ब्यक्तीहरुले १३ लाख रुपैंया जम्मा गरेका छन् । त्यस कोषमा नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ५ लाख ५१ हजार १५१ , यूनाईटेड गोर्खा बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १ लाख ५१ हजार १ सय ५१ , मंगल आरती सहकारी संस्था लि.बाट रु. १ लाख १ हजार १ सय ११ र, शुभावना बचत तथा ऋण सहकारी लि.बाट रु.१ लाख ११ हजार , जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी लि.बाट रु. १ लाख ५१ हजार १ सय ११ रुपैया जम्मा गर्नु भएको छ भने रष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीबाट रु.१ लाख १५ हजार र राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ काठमाडौंका नि:वर्तमान अध्यक्ष टेकप्रसाद चौलागाईले पनि सो कोषमा रु.१ लाख १ हजार सहयोग गर्नु भएको छ ।

https://m.facebook.com/story.php?story_fbid=734735434137406&id=100028028684646

Leave a Reply