लुम्बिनी साकोस ,बुटवल-४, रामनगरलाइन, रुपन्देहीको शेयर सदस्य २,५६०

0 Shares

रुपन्देहीको बुटवल उप-महानगरपालिका-४, रामनगर लाइनमा आफ्नै भवनमा मुख्य कार्यालय सञ्चालन गरिरहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरु बीच बचत तथा ऋण कारोवारका अतिरिक्त सदस्यहरुको लागि ल्याव सेवा सञ्चालन गरिरहेको जनाएको छ । सोही संस्थाका व्यवस्थापक विनोद प्रताप जंगबहादुर राणाले हाम्रो यो संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि सिलाई तालिम र व्युटीसियन तालिम सञ्चालन गरेको सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ‘२०७७ पुस २१ गतेसम्म यस संस्थामा शेयर सदस्य संख्या २,५६०, शेयर पूँजी रु.१६ करोड ५७ लाख , बचत संकलन रु.९९ करोड ६० लाख र ऋण लगानी रु.७० करोड रहेको छ’ भन्नुभयो ।

सो संस्थाले यही पुस १० गते आफ्नो २४औं स्थापना दिवस मनाएको छ । सोही संस्थाका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी सो स्थापना दिवस मनाइएको थियो । सो संस्थाका सञ्चालक सदस्य तथा महिला उप-समितिका संयोजक सुजिता शेरचनले स्वागत मन्तव्य, सञ्चालक सदस्य तथा शिक्षा उप-समितिका संयोजक द्वारिका प्रसाद प्रधानले धन्यवाद ज्ञापन र व्यवस्थापक विनोद प्रताप जंगबहादुर राणाले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सदस्य चन्द्रमान श्रेष्ठ,बिजय राज बस्याल , कृष्णप्रसाद रेग्मी ,सदस्य तथा पूर्व सञ्चालक रामेश्वरप्रसाद कसजु र उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्वल प्रसाद कसजुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । त्यस अवसरमा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु केशवकुमार श्रेष्ठ,कृष्णप्रसाद शाक्य, विष्णुलाल प्रधान, द्वारिका प्रसाद शर्मा र अमृतलाल श्रेष्ठलाई ‘जेष्ठ नागरिक सम्मान’,बाट सम्मानित गरिएको थियो । त्यसैगरी सो संस्थाको उत्कृष्ट बचतकर्ता सदस्य सम्मान केन्द्रीय कार्यालय,बुटवलबाट केशवप्रसाद श्रेष्ठ र बेलबास सेवाकेन्द्रबाट सञ्जयराज बस्याल,उत्कृष्ट वाल बचतकर्ता सदस्य सम्मान केन्द्रीय कार्यालय,बुटवलबाट स्मृति अग्रहरी र बेलबास सेवाकेन्द्रबाट मनसुन श्रेष्ठ , संस्थाको सम्पूर्ण बचत योजनामा सहभागी सदस्यलाई सम्मान इतेन्द्र कुमार बज्राचार्य , उत्कृष्ट मासिक बचतकर्ता सदस्य सम्मान सुन्दरलाल श्रेष्ठ,ऋण उपभोक्ता सदस्यलाई सम्मानबाट सुनिल कृष्ण श्रेष्ठ,केशवप्रसाद अमात्य,जलिल मिया र कला भट्टराई, सदस्य बनाउन सहयोग गर्ने उत्कृष्ट सदस्यलाई सम्मानबाट विजयराज बस्याललाई सम्मानित गरिएको थियो ।
त्यस्तै लुम्बिनी उद्यानको स्याहार संभार गर्नै सहयोगी कर्मचारीहरु कृष्णबहादुर खत्री , माया रेग्मी र रामबहादुर श्रेष्ठलाई नगद पुरस्कार र रेडियो मुक्ति एफ.एम.का निरु थापालाई सञ्चारकर्मी पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।
उक्त अवसरमा सोही संस्थाका सहयोगी कर्मचारीहरु दयाप्रकाश चौतारी र टोपबहादुर रानालाई नगद पुरस्कारबाट र सबैभन्दा कम बिदा बस्ने कर्मचारी पूर्णकला गौतमलाई १ महिनाको पारिश्रमिकबाट पुरस्कृत गरिएको थियो ।

Leave a Reply