सहकारीको विकास र प्रवर्द्धनमा बाधक ऐन संशोधन गर्न सहकारी अभियानको माग , ऐन संशोधनको लागि संवेदनशील छु : मन्त्री डा. तुम्बाहाम्फे
राष्ट्रिय सहकारी महासंघ लि.ले भूमि व्यवस्था ,सहकारी तथा गरिवी निवारण मन्त्री हुनु भएकोमा नेपालको सहकारी अभियान र राष्ट्रिय सहकारी महासंघ लि.को तर्फवाट मन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सोही महासंघका अध्यक्ष मिनराज कँडेलले नेतृत्व गर्नुभएको सहकारी आभियानको टोलीले आइतबार सिंहदरबारस्थित भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयमा मन्त्री डा.तुम्बाहाम्फे सँगको भेटमा मुलुकको आर्थिक समृद्धि , सामाजिक न्याय तथा गरिवी न्यूनिकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माण गर्नका लागि सहकारी क्षेत्र सहितको तीन खम्वे अर्थनीतिका माध्यमवाट “समृद्ध नेपाल र सुखी नेपाली” को परिकल्पना साकार पार्ने महान अभियानमा सहकारी क्षेत्रका तर्फवाट मन्त्रीज्यूूलाई सदैव साथ सहयोग रहने विश्वास दिलाउँदै यसका लागि आवश्यक सहयोग र सहकार्यका लागि हार्दिक आव्हान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस १० गते नयाँ मन्त्री थप्नुका साथै मन्त्रीपरिषद् हेरफेर गरेपछि डा. शिवमाया तुम्बाहाम्फेले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । नि:बर्तमान उप-सभिमुख उहाँ यस अघि कानून , न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्थ्यो ।
मन्त्री डा.तुम्बाहाम्फेसँगको उक्त भेटमा सहकारी अभियानको सो टोलीले सहकारीको विकास र विस्तारमा बाधक बनेका ऐनहरु संशोधन गर्ने विषयलाई महत्वपूर्ण रुपमा उठाएको थियो भने त्यस अवसरमा कर्जा सूचना केन्द्र , बचत तथा सुरक्षण कोष स्थापना, स्थिरीकरण कोषको कानूनी बैधता लगायतका विषयमा समेत छलफल भएको थियो । सहुलियतपूर्ण कर्जा सहकारीमार्फत उपलब्ध गराउनका लागि समेत भेटवार्तामा महासंघले माग ग-यो । मन्त्री डा. तुम्बाहाम्फेले 
ऐनहरु संशोधन गर्ने विषयमा आफू संवेदनशुल भएको बताउँदै सहकारी अभियानलाई बलियो बनाउनका लागि यसमा देखिएका कमीकमजोरी हटाउन सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि.को योगदान आवश्यक रहने औंंयल्याउनुभएको थियो । ‘समस्याग्रस्त सहकारी लगायतका विषयमा महासंघले योजनाबद्ध ढंगले काम गर्नुपर्ने , सहकारीमा समस्या आउन नदिन नियमनको पाटोमा के के हेर्न जरुरी छ , त्यस विषयमा पनि महासंघको सल्लाह आवश्यक रहेको उहाँको भनाई थियो । उक्त भेटमा महासंघका अध्यक्ष मिनराज कडेलले 
कर्जा सूचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोषको विषयमा महासंघले कार्यविधि मस्यौदा गरेर मन्त्रालयमा बुझाई सकेको जानकारी दिदै त्यसलाई अगाडि बढाइदिन आग्रह गर्नुभएको थियो भने सोही महासंघका नि:वर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशवप्रसाद बडालले मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरिवी न्यूनीकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माण गर्नका लागि धेरै ऐन कानून संशोधन हुन आवश्यक रहेको औल्याउदै सहकारी समस्याग्रस्त बन्नुमा सरकारी निकायहरुले समेत जिम्मेवारी लिनुपर्ने र त्यसका लागि सहकारी संघ संस्थाहरु एक तह माथिको संघ सँग अनिवार्य रुपमा सदस्य वन्ने कानूनी व्यवस्थाका लागि जोड दिनुभयो ।
उक्त महासंघकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA), ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीलाई एकीकरणमा जानका लागि प्रोत्साहन गर्ने विशेष सुविधा दिनुपर्ने, सहकारी प्रवर्दद्धन कोषलाई कार्यान्वयनमा लैजानु पर्ने तथा सरकारी कोषका सहुलियतपूर्ण ऋणहरु सहकारीमार्फत उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा सहकारीको गुणात्मक विकासका लागि मन्त्री डा.तुम्बाहाम्फेले विशेष चाँसो राख्नुभएको थियो भने सहकारीका अग्रज नेतृत्वगणले सरकार र सहकारी अभियानको संयुक्त पहलकदमी अपरिहार्य रहेको बताउनु भएको थियो ।
सोही भेटमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले नेफ्स्कूनले वित्ती़य सहकारीको सुरक्षाका लागि स्थिरीकरण कोष स्थापना गर्न लागेको जानकारी गराउदै सोका लागि मन्त्रालयका तर्फबाट सहयोगको आवश्यक्ता औंल्याउनुभयो । सहकारी अभियिनको त्यस टोलीमा उक्त महासंंघका सञ्चालक टेकप्रसाद चौलागाई र राजेन्द्र पौडेल , नायव महाप्रबन्धक बाबुल खनाल र का.मु. सिइओ प्रकाश पोखरेल पनि सम्मिलित हुनु भएको राष्ट्रिय सहकारी महासंघ लि.ले जनाएको छ ।
