धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काठमाडौंको सामाखुशीस्थित आफ्नै भवनमा सञ्चालन भई रहेको  धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा २०७७ पुस २५ गते सम्पन्न भएको छ । सहकारी संघ/संस्थाको साधारणसभा समबन्धी सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभा सोही संस्थाका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर  तामाङको  प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले स्थापना भएको  छोटो समयमा यस संस्थाले उल्लेख्य प्रगति गरेको भन्दै प्रशन्नता व्यक्त गरी यसको थप प्रगतिको कामना गर्नुभयो ।

त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो संस्थाका अध्यक्ष यामबहादुर श्रेष्ठले ‘आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गर्दै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यका साथ सञ्चालन भइरहेको हाम्रो यस धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि. शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतका कारण निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको र हाम्रो यो संस्थाले सहकारी क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सकेको छ’ भन्नुभयो । उहाँले  कोभिड -१९ को महामारीको भयाबह अबस्थामा पनि यस संस्थाले आफ्ना शेयर  सदस्यहरुलााई निरन्तर सेवा प्रवाह गरेको स्मरण गर्दै आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर सदस्य संख्या १,७०० , शेयर पूँजी रु.२,५९,७४,००० , निक्षेप संकलन रु २७,४७,६०,०००, कर्जा लगानी रु.१४,४०,२७,००० र कूल कारोवार रु.३६,४८,९६,५४८.६८ रहेको बताउनुभयो ।

सोही संस्थाकी उपाध्यक्ष तारा श्रेष्ठ जोशीले स्वागत मन्तव्य र सचिव पदमलाल सापकोटाले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुगत श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यसै सभामा सोही संस्थाकी उत्कृष्ट नियमित कारोवार गर्ने शेयर सदस्य यशोदा कुमारी मल्ल , उत्कृष्ट ऋण कारोवार गर्ने शेयर सदस्य श्यामकुमारी पुनलाई सम्मान गरियो भने सोही संस्थाकी कर्मचारी लक्ष्मी भण्डारीलाई उत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि तामाङलाई अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply