नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को ८औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको छाता संगठन  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को ८औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट सोही संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा २०७७ पुस २७ सम्पन्न भयो । ललितपुरको कुसुन्तीस्थित उक्त संघको मुख्य कार्यालयमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको उन्ननयको लागि र कोभिड-१९ का कारण उत्पन्न तरलताको समस्या सम्बोधन गर्ने गरी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले थप कार्य योजना अगाडि बढाउने तयारी गरिरहेको छ भन्दै आफ्ना सदस्य संघ/ संस्थाहरुको तरलता अभावबाट हुन सक्ने अल्पकालीन तथा दीर्घकालीन समस्यालाई समाधान गर्ने उद्देश्यले तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७ लागू गरिएको बताउनुभयो । उहाँले यस संघले सहकारी र गरिबी निवारण सम्बन्धी  सूचना प्रणाली  , सम्पति शुद्धिकरण , अन्तराष्ट्रिय सम्बन्ध बिस्तार र सहकारी सदस्यता लगायतका तालिम सञ्चालन गदै आएको बताउनुभयो । ‘यस संघलेे तय गरेको आफ्नो ४ वर्षे रणनीतिक योजना अन्तर्गतको लक्ष्य कार्यान्वयन गर्न ५ वर्षे व्यवसायिक योजना तयार गरेकोले  रणनीतिक योजना अनुसार संघमा आबद्ध संस्थाहरुलाई योजनाबद्ध रुपमा अघि बढाइने छ’, उहाँको भनाई थियो ।  त्यसैगरी सोही संघका उपाध्यक्ष नारायण भक्त श्रेष्ठले यस साधारणसभाबाट पारित भएका योजना र कार्यक्रमहरु सबै मिलेर कार्यन्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै उक्त संघका सचिव माधवप्रसाद प्रसाद तिमिल्सिनाले सहकारी ऐन , २०७४ मा बहुउद्देश्यीय सहकारी संघ/ संस्थाको लागि बाधक ७०/३० सहित सहकारी अभियानका लागि प्रतिकुल प्रावधानहरु संशोधनका लागि राष्ट्रिय सहकारी महासंघ मार्फत मस्यौदा तयार गरी सम्बन्थित मन्त्रालयमा पठाएको र त्यसका लागि लबिङ्को काम भइरहेकोले बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरु नआत्तिकन काम गर्न आग्रह गर्नुभयो ।  सो संघका कोषाध्यक्ष पुष्प पौडेलले यस संघमा ४१ जिल्लाका ३५१ वटा बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरु सदस्य रहेको बताउनुभयो । त्यसै संघका सञ्चालक मनोज थापा मगरले पनि सम्बोधन गर्नु भएको त्यस सभामा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट हालै २ वर्ष कार्यकाल रहने गरी राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्त हुनु भएका उक्त संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई बधाई ज्ञापन गरी कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिएको थियो । उक्त संघकी व्यवस्थापक सन्ध्या श्रेष्ठले संयोजन गर्नु भएको त्यस साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को  बजेट तथा वार्षिक कार्यक्रम , तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि , २०७७ , संघको ऋण र कर्जा लगानी तथा असुली सम्बन्धी विनियमावलीेे र सम्पति शुद्धीकरण निवारण सम्बन्धी आन्तरिक नीति तथा कार्यविधि पारित गरेको थियो ।

Leave a Reply