राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभा सम्पन्न, सहकारी क्षेत्रका समस्या गोलमेच बैठकबाट समाधान गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

0 Shares

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २८औं वार्षिक साधारणसभा भर्चुअल विधिबाट यही पुस २७ गते सोही महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सम्पन्न भयो । ललितपुरको पुल्चोक स्थित सोही महासंघको सभाहलमा सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  सहकारी क्षेत्रका समस्या सरोकारवाला वीच गोलमेच बैठक बसेर छलफल गरी समाधानको मार्ग पहिल्याउन सकिने र त्यसका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री पौडेलले ‘समाजवाद निर्माणको जगको रुपमा रहेको सहकारी क्षेत्रको लागि संविधानको स्प्रिट अनुसार कार्य हुन नसकेको स्वीकार गर्दै बर्तमान सरकार पटक -पटक गरेर नभई एकै बसाईबाट सहकारी क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध छ , त्यसका लागि सरकारले गर्नु पर्ने के हो , सहकारी क्षेत्रको समग्र रुपान्तरणका योजना बनाएर सहकारी अभियानका साथीहरु आउनुस् , एउटै राउण्ड टेबलबाट समस्याको समाधान गरौं’ भन्नुभयो । उहाँले गुनासो छाडेर आफ्नो काम  गर्न अभियानकर्मीहरुलाई आग्रह  गर्नुभयो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले अहिलेको अवस्थामा सहकारी मैत्री नरहेका कानुनहरु संशोधन  सम्भव नरहेको तर त्यस बाहेकका अन्य समस्या समाधानका लागि सरकार र मन्त्रालयको सहयोग रहने बताउदै राष्ट्रिय सहकारी महासंघले सबै सहकारीहरुलाई समेटेर सहकारी क्षेत्रमा रहेका विकृतिहरु हटाउने गरी  ठोस कार्यक्रम अघि बढाउनु आग्रह गर्नुभयो ।

सहकारी अभियानकर्मीहरुको सिमित भौतिक  उपस्थितिमा भर्चुअल माध्यमबाट सञ्चालन भएको साधारणसभामा महासंघकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ(ICA), ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले स्वागत मन्तव्य , उपाध्यक्ष रमेशप्रसाद पोखरेलले धन्यवाद ज्ञापन  र महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सञ्चालन  गर्नु भएको साधारणसभाको उद्घाटन सत्रमा उक्त महासंसंघका संस्थापक अध्यक्ष एवम् सल्लाहकार दीपकप्रकाश बाँस्कोटा , सल्लाहकार तथा सांसद उषा झा, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल र सोही महासंघका नि:बर्तमान सञ्चालक  रविन्द्र के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा सोही महासंघका सल्लाहकार तथा नि:बर्तमान अध्यक्ष एवं पूर्व मन्त्री केशवप्रसाद बडालले लेख्नुभएको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन विमोचन गरिएको थियो ।

साधारणसभामा महासंघका अध्यक्ष कँडेलले 

प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको बन्द-सत्रमा एक दर्जन बढी प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने, सरकारसँग सहकारी क्षेत्रको समस्या समाधानका लागि लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरुको स्तरबृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानकर्षण गराएको उक्त महासंघले जनाएको छ ।

Leave a Reply