माघ १ गतेदेखि श्री निरन्तर महिला साकोस र श्री संगिनी महिला साकोसको एकीकृत कारोवार शुरु हुने

0 Shares

यही पुस २५ गते एकीकरणको घोषणा गरेका देवदह नगरपालिका-६ , मिलनचोकमा रहेको श्री निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था लि.र सोही वडाको शिवालय टोलमा रहेको श्री संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.को एकीकृत कारोवार २०७७ माघ १ गतेदेखि शुरु हुने भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै एकीकृत संस्थाकी  व्यवस्थापक गीता बस्नेत कार्कीले ‘यी दुई संस्थाको एकीकरण पछि एकीकृत संस्थाको नाम श्री निरन्तर संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि. रहने छ र यस संस्थाको मुख्य कार्यालय हाल श्री निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा र श्री संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा सेवाकेन्द्र रहने सहमती भएको छ’ भन्नुभयो ।

यही पुस २५ गते श्री निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष पवित्रा देवी रिमालले अध्यक्षता र सचिव शर्मिला पन्तले सञ्चालन तथा श्री संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष ज्ञानकुमारी खडालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको दुई संस्था वीचको एकता घोषणा कार्यक्रमबाट 

श्री निरन्तर संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.को एकता साधारणसभा नहुञ्जेलसम्मका लागि पवित्रा देवी रिमालको अध्यक्षतामा सञ्चालक समिति र दीपा वि.क.को संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा सीता खत्री क्षत्री , सचिवमा शर्मिला पन्त र कोषाध्यक्षमा ज्ञानकुमारी खडाल तथा सदस्यमा ओविता ज्ञवाली , रुपाकुमारी शर्मा ढुङ्गाना , राधिका कुमारी आशले , विन्दु शर्मा , नानु माया वि.क., दिलमाया आले , लक्ष्मी खरेल , मिनादेवी पोखरेल र विष्णुमाया कार्की एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा सीता आचार्य र लक्ष्मी सुनार हुनुहुन्छ ।

एकीकरण पछि बनेको निरन्तर संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लि.को शेयर सदस्य संख्या १,२५०, शेयर पूँजी रु.६९ लाख , निक्षेप रु.५,२०,६४,९५८.२५ , कर्जा लगानी रु ६,०२,५०,१३८ र कूल कारोवार रु.६ करोड ५० लाख रहेको सोही संस्थाकी कर्मचारी पूर्णिमा पौडेलको भनाई छ ।

 

Leave a Reply