जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकको अध्यक्षमा दिलीप शर्मा

जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकको ३९औं वार्पिक साधारणसभा २०७७ पुस २७ गते सम्पन्न भएको छ । सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी दिलीप शर्माको अध्यक्षतामा सञ्चालक समिति र शम्भुराम श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्बसम्मत चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा अमन पोटे , महिला उपाध्यक्षमा कमला अधिकारी र कोषाध्यक्षमा राजन शाक्य तथा सदस्यमा यदुनाथ हुमागाईं, ठाकुरनाथ अधिकारी , सुदर्शन अधिकारी , राधिका दाहाल घिमिरे , दीपक थापा , मञ्जु घिमिरे , अर्जुनप्रसाद सापकोटा , शान्ति लामा तामाङ , कमलप्रसाद कुइकेल र हिमाली श्रेष्ठ एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा गणेशप्रसाद भट्टराई र सरस्वती चिमोरिया हुनुहुन्छ ।
उक्त संघका नवनिर्वाचित अध्यक्ष शर्माले काभ्रेपलाञ्चोकका १३ वटै पालिकासँग समन्वय र सम्पर्क बढाई शहर केन्द्रित सहकारी अभियानलाई गाउँसम्म पु-याउने गरी कार्य गर्ने र जिल्लामा सञ्चालनमा रहेका १,४९५ वटा सहकारी संस्थालाई यस संघमा आबद्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी क्षेत्रका चुनौतिहरुको सामना गरी सहकारीलाई व्यवस्थित , मर्यादित र सदस्य केन्द्रित बनाउन आफू र आफ्नो टिम लागी पर्ने र काभ्रेपलाञ्चोकको सहकारी अभियानलाई मुलुकभर चिनाउने गरी कार्य गर्ने बताउनुभयो ।