पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.ले दुग्ध , मासु , खाद्यन्न र तरकारी विक्री कक्ष सञ्चालन गर्ने

0 Shares

बचत तथा ऋण कारोवार सँगै कृषि र पशुपालन कार्यक्रम सञ्चालन गरिरहेको ललितपुर महानगरपालिका-१८, मगर गाउँस्थित पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.ले दुग्ध , मासु , खाद्यान्न र तरकारी विक्री कक्ष सञ्चालन गर्ने भएको छ । २०७७ पुस २७ गते सम्पन्न सो संस्थाको १३औं वार्षिक साधारणसभामा  उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष दिनेश थापाले सो कुरा बताउदै ‘छरिएर रहेको स-सानो पूँजीलाई जम्मा गर्दै सदस्यको खरखाँचो टार्नुका साथै उत्पादनमूलक कार्य गर्ने उद्देश्यका साथ २०६५ सालमा रु. १२ हजार ५ सय शेयर पूँजीबाट स्थापना भएको यस संस्थाले यसबेला सम्म आईपुग्दा उल्लेख्य सफलता हासिल गरेको र यसमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य संख्या रु.६६ लाख ५५ हजार , निक्षेप संकलन रु.३ करोड ९ लाख , कर्जा लगानी रु.४ करोड ९५ लाख र खुद मुनाफा रु.३ लाख ८५ हजार  रहेको बताउनुभयो । उहाँले आफ्ना शेयर सदस्य तथा स्थानीय समुदायको हितका लागि यो संस्थाले स्थानीय संघ/संस्थाहरुसँग मिलेर काम गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जानुका साथै सदस्यहरुलाई दिने सेवालाई विभिधिकरण गरी चुस्तदुरुस्त र प्रभावकारी बनाउन यो संस्था लागिपरेको छ’ भन्नुभयो । आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले लगानीका थप नयाँ क्षेत्र पहिचान गरी ऋण लगानीलाई अल्पकालीन र दीर्घकालीन रुपमा बर्गिकरण गरेर  सुरक्षित ऋण लगानी गर्ने र सदस्यहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका तालिमको आयोजना गर्नुका साथै शेयर सदस्यहरुको अनिवार्य दुर्घटना तथा जीवन बीमा गर्ने भन्दै अध्यक्ष थापाले निम्न तथा मध्यम वर्गका समुदायमा सहकारीको पहुँच पु-याउने , सदस्यहरुका लागि सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन गर्ने र रेमिट्यान्स सेवा थप गर्ने योजना रहेको बताउनुभयो । यस संस्थाले राष्ट्रिय सहकारी बैंक लि.को सहयोगमा सञ्चालित लघुकर्जा योजना कार्यक्रममा आर्थिक वर्ष  ०७६/०७७ मा १०४.१६ प्रतिशतले वृद्धि गरी रु. ६१ लाख २५ हजार पु-याएको  उहाँको भनाई  थियो ।

सहकारी विभागको सहकारी संघ/ संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी २०७७ पुस १८ गते संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा  सो साधारणसभाको उद्घाटन भएको थियो । २०७७ पुस १९ देखि २६ गतेसम्म संस्थाको प्रतिवेदन माथि सदस्यहरु वीच छलफल गरी सुझाब संकलन गर्ने र प्रतिनिधि छनौट गरिएको थियो ।

त्यस अवसरमा अध्यक्ष थापाले कोरोना कहरको विषम परिस्थितिको समयमा आफ्ना शेयर सदस्यहरु लगायतलाई संस्थाले प्रवाह गरेको सेवाको चर्चा गर्दे कोभिड–१९ को समस्याका कारण विगतका वर्षहरुमा जस्तो यस वर्ष सबै सदस्यहरु एकै पटक उपस्थित भएर साधारणसभा गर्न सम्भव नभएको बताउनु भएको थियो । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीलाई सम्मानित गरिएको थियो ।

 

Leave a Reply