अमर साकोस , अमरापुरी, नवलपुरको आर्थिक वर्ष २०७७/०७८ मा ४,५४,००,००० शेयर पूँजी पु-याउने लक्ष्य

0 Shares

नवलपुरको गैंडाकोट नगरपालिका-१६, अमरापुरीमा मुख्य कार्यालय रहेको अमर बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो शेयर सदस्य संख्या ६,५००, शेयर पूँजी रु.४,५४,००,००० र धितो ऋण जमानीको सीमालाई रु.४५,००,००० पु-याउने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ । सहकारी सञ्जालसँग संक्षिप्त कुरा गर्दै सोही संस्थाका व्यवस्थापक देवेन्द्रबहादुर खड्काले ‘यस संस्थाको कारोवारलाई प्रविधिमैत्री बनाउने र मोवाइल बैंकिङ्ग तथा एस.एम.एस.(SMS), मिस्ड कल(MISSED Call) बैंक आदि सञ्चालन गरिने छ’ भन्नुभयो । ऊहाँले शेयर सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने , अपाङ्ग बचत खाता कार्यविधि तयार गरी सञ्चालन गरिने , दुग्ध व्यवसायलाई थप मजबूत एवं उत्पादन बृद्धिसँगै दुग्धजन्य परिकार घ्यु उत्पादन गरी विक्री वितरण गर्न नेपाल सरकारबाट विनियोजित रकम रु.५०,००,००० को कार्यक्रम सम्पन्न गरिने ,  युवा तथा साना व्यवसाय रोजगार कोष तथा अन्य निकायसँग समन्वय गरी यस संस्थाका शेयर सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम तथा आयार्जनका कार्यक्रम सञ्चालन गरिने योजना रहेको बताउनुभयो ।

सो संस्थाको २०७७ पुस ७ देखि १८ गतेसम्म सोही संस्थाका अध्यक्ष प्रजापति कँडेलको अध्यक्षतामा २१औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष कँडेलले 

अमर बहुउद्देश्यीय सहकारी संस्था लि.र न्यू जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि.बीच एकीकरण पछि बनेको यस अमर बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण , दुग्ध कारोवार , रासायनिक मलको कारोवार , दाना चापटको कारोवार एवं अन्य सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँलेे यस  संस्थाको मुख्य कार्यालयबाट बचत तथा ऋण कारोवार , दुग्ध कारोवार र रासायनिक मलको कारोवार गर्दै आइरहेको , गैंडाकोट नगरपालिका-१५,  बुद्धचोक स्थित जनसेवा सेवाकेन्द्र मार्फत वित्तीय कारोवार र सोही ठाउँमा रहेको दुग्ध संकलन केन्द्र मार्फत दुग्ध कारोवार सञ्चालन गर्दै आएको यस संस्थाले देवचुली नगरपालिका- १६ ,रजहरमा वित्तीय सेवा प्रवाह गर्ने गरी सेवाकेन्द्र सञ्चालन गर्दैछ भन्नुभयो ।

सोही संस्थाका संस्थापक अध्यक्ष हरिदत्त उपाध्यायले समापन र  उपाध्यक्ष कुलराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त साधारणसभामा त्यसै संस्थाका सचिव श्यामसुन्दर शर्मा लामिछानेले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/०७८ प्रस्तावित नीति तथा कार्यक्रम , कोषाध्यक्ष आनन्द कुमार प्रसाद पंगालीले आर्थिक प्रतिवेदन 

, लेखा सुपरीवेक्षण समिति संयोजक हरिभक्त कँडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र ऋण उप-समिति संयोजक युगेन्द्र कोइरालाले ऋण उप-समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

Leave a Reply