सावित्रा कोइराला जिल्ला सहकारी संघ लि., कास्कीको अध्यक्षमा निर्वाचित

0 Shares
२०७७ माघ ३ सम्पन्न जिल्ला सहकारी संघ लि., कास्कीको सञ्चालक समितिको निर्वाचनबाट नवसिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.की प्रतिनिधि सावित्रा कोइरालाको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दीपक बाँस्तोला , कोषाध्यक्षमा नवराज बराल , राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपक प्रकाश
आचार्य, महिला सदस्यमा विना लोहनी र सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ्ग निर्वाचित हुनु भएको छ भने विषयगत जिल्ला सहकारी संघहरुको तर्फबाट कफी सहकारी संघ लि., कास्कीका आनन्द सुबेदी निर्विरोध चयन हुनुभएको थियो ।
सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी तथा सदस्य चयन भएसँगै जिल्ला सहकारी संघ लि.,कास्कीको ४७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोही संघले सञ्चालन गरिरहेको दुग्ध उद्योगको अवस्था राम्रो रहेको बताइएको छ ।

 

Leave a Reply