आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि., टंकेश्वरको आ.व. २०७६/०७७ मा कूल सम्पति रु.२७,०४,३४,१३१/७०

0 Shares

काठमाडौंको टंकेश्वरमा रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो भवन निर्माण गर्ने उद्देश्यले घरजग्गा कोष निर्माण गर्ने कार्य गरिरहेको जनाएको छ । सो संस्थाका  प्रवन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले यस संस्थाले आफ्नो शेयर पूँजी बृद्धि गर्ने कार्य गरिरहेको बताउनुभयो । ‘यस संस्थाको नीति तथा कार्यविधि संशोधन र सुधारका लागि पुनरावलोकन गर्ने कार्य भइरहेको छ’ उहाँको भनाई छ ।

सो संस्थाको १२औं वार्षिक साधारणसभा गत महिना सहकारी विभागको सहकारी संघ/ संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी सम्पन्न भयो । कोभिड-१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न साधारणसभा उक्त संस्थाका अध्यक्ष विराट कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । त्यस सभामा सोही संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै कोभिड-१९ को महामारीको भयाबह अवस्थामा पनि यस संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरुको सक्रियता , शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतका कारण यो संस्थाको अवस्था आर्थिक रुपमा करिव करिव गत वर्षको योजना नजिक पुग्न सकेको र यसो हुन सक्नु हामी सबैको गर्वको विषय भएको बताउनुभयो । त्यसैगरी सोही संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कृष्ण श्रेष्ठले संस्थाको प्रगति तथा आगामी बजेट कार्यक्रमहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थामा महिला ४०१ , पुरुष ३८६ र संस्थागत ३ गरी शेयर सदस्य संख्या ७९० , शेयर पूँजी रु.२,५२,६१,६०० , बचत संकलन रु.२२,१२,,९७,६३५ , वित्तीय लगानी रु.१,२९,२०,००० , सदस्यहरुलाई प्रदान गरेको ऋण लगानी रु.२१,३८,४५,४८४/८१ , जगेडा तथा अन्य कोष रु.८७,६९,६८५/०३ , स्थिर सम्पति रु.१४,२०,९३२/६५ र अग्रिम आय कर सहित कूल सम्पति रु.२७,०४,२४,१३१/७० रहेको बताउनुभयो ।

 

Leave a Reply