लामोसाँघु साकोसको मोवाइल बैंकिङ्ग सेवा शुभारम्भ , संस्थाको अध्यक्षमा पूर्णचन्द्र ढकाल चयन
सिन्धुपाल्चोकको लामोसाँघुस्थित लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.ले मोवाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको सो संस्थाको ११औं वार्षिक साधारणसभाको अवसरमा शुभारम्भ गरिएको थियो ।
यही पुसको अन्तिम साता सम्पन्न त्यस संस्थाको ११औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन पूर्णचन्द्र ढकालको अध्यक्षतामा सञ्चालक समिति र जीवन श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा सरला सुबेदी, सचिबमा नेत्रप्रसाद पराजुली र कोषाध्यक्षमा बालकृष्ण तिमल्सिना तथा सदस्यमा कोमलप्रसाद तिमिल्सिना , बिष्णु शाक्य, प्रेमबहादुर तामाङ, सम्झना खड्का र कृष्णबहादुर पराजुली एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा रुबी महर्जन र नारायण कार्की हुनुहुन्छ ।
उक्त साधारणसभाको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चरीबहादुर तामाङले 
उद्घाटन गर्नु भएको थियो । उहाँले लामोसाँघु साकोस सदस्यहरुको मर्म र भावना अनुसार राम्रोसँग सञ्चालन भइरहेको देख्ता खुशी लागेको बताउनुभयो ।
साधारणसभामा त्यसै संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले सञ्चालक समितिको प्रतिबेदन प्रस्तुत गर्दै स्थानीय समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसात गरी सञ्चालन भइरहेको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको र कोरोना कहरको महामारीको विषम परिस्थितिमा पनि आफ्ना शेयर सदस्यहरुलाई निरन्तर वित्तीय सेवा प्रवाह गरेको यस संंस्थाको अवस्था राम्रो रहेको बताउनुभयो । त्यस सभामा सोही संस्थाका सचिब ताराबहादुर तिमल्सिनाले संस्थाको प्रगति प्रतिवेदन , कोषाध्यक्ष नेत्रप्रसाद पराजुलीले आर्थिक प्रतिबेदन तथा बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक प्रेमप्रसाद पराजुलीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सोही संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता र व्यवस्थापक रविन बि.क.को सञ्चालनमा सम्पन्न त्यस साधारणसभामा जेष्ठ शेयर सदस्य तर्फ नेत्रप्रसाद चालिसे र पूर्णदेबी श्रेष्ठ , शेयर तर्फ रामकुमार श्रेष्ठ र दुर्गादेवी पराजुली , नियमित बचत तर्फ ज्ञानबहादुर पराजुली र राधिका खत्री, वाल बचत तर्फ बिषेशता बोहरा र बिनयश बोहरा, ऋण तर्फ श्रीमाया तामाङ र टेकप्रसाद घिमिरेलाई सम्मानित गरिएको थियो ।
