लुम्बिनी सुनवल साकोस , भुमही, नवलपरासीको कुल कारोवार रु.८२,६५,२४,६८२
नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा प्रधान कार्यालय रहेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो रणनीतिक योजना तर्जुमा गरिरहेको र सो कार्यक्रमको नेफ्स्कूनले सहजीकरण गरिरहेको जनाएको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. र सुनवल बहुउद्देश्यीय सहकारी संस्था लि.वीच एकीकरण भई २०७७ साउन १ गतेदेखि एकीकृत कारोवार शुरु गरेको लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.मा २०७७ पुस २६ गतेसम्म शेयर सदस्य संख्या ७ हजार , शेयर पूँजी रु.७ करोड ३७ लाख ६७ हजार ८ सय , निक्षेप संकलन रु.६६ करोड २२ लाख ८१ हजार ४ सय ३८ , कर्जा लगानी रु.६० करोड ८९ लाख ९३ हजार ३ सय ९३ र कूल कारोवार रु.८२ करोड ६५ लाख २४ हजार ६ सय ८२ रहेको सोही संस्थाका व्यवस्थापक बद्रीप्रसाद पौडेलको भनाई छ ।

२०७७ मंसीर २० गते सम्पन्न उक्त संस्थाको २३औं वार्षिक साधारणसभालै शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको त्यसै संस्थाका बरिष्ठ सहायक गणेश भण्डारीले बताउनु भएको छ । त्यस साधारणसभाले पुन: लेखनाथ खरेलको अध्यक्षतामा सञ्चालक समिति र विष्णुप्रसाद चापागाईको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको थियो । 
