आफ्नै भवन निर्माण गर्दै शुद्धोधन साकोस , अमवा , रुपन्देही

0 Shares

रुपन्देहीको सियारी गाउँपालिका-७, अमवामा मुख्य कार्यालय र सोही गाउँपालिका-६, मिलनचोकमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुद्धोधन बचत तथा ऋण सहकारी संस्था लि.ले अमवा बजारमा आफ्नो भवन निर्माण गरिरहेको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका प्रबन्धक सुमन घिमिरेले ‘यस संस्थाले विगत ६/७ वर्षदेखि आफ्नो कार्यक्षेत्र विस्तारका लागि राज्यको नियामक निकाय समक्ष पहल गरिरहेको भएपनि कार्यक्षेत्र विस्तारको लागि यसबेलासम्म स्वीकृति पाउने सकेको छैन , राज्यको नियमक निकायले कार्यक्षेत्र विस्तार गर्न नदिदा र दोहोरो सदस्यता हटाउने कानुनी प्रावधानका कारण संस्था सञ्चालन गर्न अफ्ठ्यारो भइरहेको छ’ भन्नुभयो  । यस संस्थाले २०७७ कार्तिक १६ देखि २४ गतेसम्म सम्पन्न आफ्नो १३औं वार्षिक साधारणसभाले पारित गरेको नीति र कार्यक्रम अनुसार  शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने कार्य भइरहेको भन्दै उहाँले २०७७ मंसीर मसान्तसम्म  यस संस्थामा  शेयर सदस्य संख्या १,९७१ , शेयर पूँजी रु ५,१६,४५,४०० , निक्षेप संकलन रु.१८,८१,०६,२१६/९३ , कर्जा लगानी रु.१७,९०,३९,९४३/७७ , जगेडा तथा अन्य कोष रु.३,६६,२४,३३८/५१ र कूल कारोवार रु.२१,९८,५२,०७७ रहेको बताउनुभयो ।

१९ प्रकारका बचत खाताहरुका साथै विभिन्न कम्पनीका रेमिट्यान्स सेवा सञ्चालन गरिरहेको त्यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ को कारोवारबाट रु.१,३१,६७,३२४/२५ शुद्ध मुनाफा आर्जन गरेको बताइएको छ । सो आर्थिक वर्षको अन्तसम्ममा  त्यस संस्थामा १,१२० जना पुरुष र ८२२ जना महिला गरी  शेयर सदस्य संख्या १,९४२ , शेयर पूँजी रु ५,०५,६१,१०० , बचत संकलन रु.१०,११,५७,१९४/४५ , ५४३ जना शेयर सदस्यलाई रु.१६,९९,७०,००१ कर्जा लगानी गरेको प्रबन्धक घिमिरेको भनाई छ ।

Leave a Reply