प्रयास साकोस , तामनगर , रुपन्देहीको कूल कारोवार रु.७,५९,३१,२६२

0 Shares

रुपन्देहीको बुटवल उप-महानगरपालिका-१२, तामनगरमा रहेको प्रयास बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक प्रदिप पौड्याललेे हाम्रो यस संस्थामा बढेको तरलता व्यवस्थापन गर्नेे कार्य भइरहेको बताउनु भएको छ । उहाँले ‘यस संस्थाको १३औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको र सोही अनुरुप यसले आफ्नो शेयर सदस्य , शेयर पूँजी र  कारोवार बृद्धि गर्ने गरी कार्य गरिरहेको छ’ भन्नुभयो ।२०७७ पुस २४ गतेसम्म यस संस्थाको महिला ३७९ र ३२४ महिला गरी शेयर संख्या ६०३ , शेयर पूँजी रु.९९,६२,००० , निक्षेप संकलन रु.६,४४,०४,१५१/१९ , कर्जा लगानी रु.५,८७,०४,७१४ र कूल कारोवार रु.७,५९,३१,२६२ रहेको उहाँको भनाई छ ।

२०७७ मंसीर १६ देखि २० गते सम्पन्न उक्त संस्थाको १३औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशनबाट भीमबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति र नारायण शर्माको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन भएको थियो । ४ वर्षे कार्यकाल रहने त्यस सञ्चालक समितिको उपाध्यक्षमा ईश्वरीप्रसाद रेग्मी , सचिवमा प्रकाशमणि खनाल र कोषाध्यक्षमा मोहन शर्मा पाण्डे तथा सदस्यमा ईमबहादुर खड्का , झविन्द्र प्रसाद आचार्य , भगवती आचार्य पौडेल , तीर्थराज काफ्ले , सीता कँडेल तरामु , हिराकुमारी थापा तरामु र दीपक तिवारी एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा यमबहादुर क्षेत्री र दुर्गादेवी सारु हुनुहुन्छ ।

उक्त संस्थाका उपाध्यक्ष होमनाथ पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सोही साधारणसभामा त्यसै संस्थाका अध्यक्ष सूर्यबहादुर रानाले सञ्चालक समितिको प्रतिवेदन , सचिव देवराज पौडेलले सांगठानिक प्रतिवेदन , कोषाध्यक्ष भीमबहादुर थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन मोहन शर्मा पाण्डेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

Leave a Reply