हाम्रो सुपर साकोस, बर्दघाटको अध्यक्षमा खेमराज सुवेदी

0 Shares

नवलपरासीको बर्दघाट नगरपालिका-२, चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को १३औं वार्षिक साधारणसभाले खेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति र कमलराज चापागाईको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । 

२०७७ पुस २५ गते सम्पन्न सो साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी चयन गरेको सञ्चालक समितिको उपाध्यक्षमा हरिबहादुर बुचा , विष्णुप्रसाद बराल र रुकमागत पाण्डे तथा सदस्यमा खगिसरा राना , टेकनाथ अर्याल , आत्मराम भट्टराई , पार्वती भट्टराई , तिलकुमारी श्रेष्ठ , गोमा थापा , मनोहर रायमाझी र विमलकुमार श्रेष्ठ एवं लेखा सुपरीवेक्षण समिति सदस्यमा विमलप्रसाद पन्थी र धनिराम चौधरी हुनुहुन्छ ‌।

कोभिड १९ को महामारीका साथै स्थानीय प्रशासनको सूचनालाई पालना गरी त्यस संस्थाको यही पुस १६ गते शुभारम्भ भएको त्यस साधारणसभा अन्तर्गत कार्यक्रम भटौलिया सेवा केन्दमा पुस १६ गते, जिमिरेभार सेवा केन्द्रमा पुस १७ गते, पञ्चनगर सेवा केन्द्रमा पुस १८ गते र पुस १८ देखि २१ गतेसम्म चिसापानीस्थित दुर्गा मन्दिरमा सञ्चालन गरी संस्थाको प्रतिवेदन माथि शेयर सदस्यहरु वीच छलफल गरी सुझाव संकलन गरिएको थियो भने पुस २५ गते सम्पन्न उक्त साधारणसभाबाट शेयर सदस्यहरुको सूझाव सहित ती प्रतिवेदन पारित गरिएको थियो । ।

पुस २५ गते सम्पन्न सो साधारणसभाको समापन कार्यक्रमको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्यालले सहकारी संस्थाहरु सुशासनको परिपालक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले हाम्रो सुपर साकोसले संस्थागत सुशासनलाई महत्व दिएको आफूले पाएको भन्दै अब यो संस्थाको ध्यान सदस्यहरुलाई उत्पादनमूलक काममा जोड्दै सामाजिक उत्तरदायित्वका काममा केन्द्रित गर्न सुझाव दिदै यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।

सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हालै नेफ्स्कूनले प्रदान गर्ने बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी कार्यक्रम प्रोबेशनबाट स्तरीकृत भएको हाम्रो सुपर साकोसकले सदस्यमैत्री सुशासन , गुणस्तरीयता र प्रविधिलाई जोड दिएको भन्दै यस संस्थाले अबको ध्यान सेवालाई थप चुस्त र प्रभावकारी बनाउनेतर्फ रहने बिश्वास व्यक्त गर्नुभयो । म आफूले प्रतिनिधित्व गर्ने हाम्रो सुपर साकोस जिल्लाकै नमूना संस्थको रुपमा विकास गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाई थियो ।

सोही संस्थाका नवनिर्वाचित अध्यक्ष सुवेदीले दुईवटा संस्था वीच एकीकरण भई बनेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी एकीकरणलाई जोड दिने र यो साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै बचत तथा ऋण कारोवारको माध्यमबाट यस संस्थाका शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

Leave a Reply