शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्दै मल्टिस्टार साकोस, पेप्सिकोला

0 Shares

काठमाडौं महानगरपालिका-३२, पुरानो सिनामंगल (पेप्सीकोला) मा रहेको मल्टिस्टार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको जनाएको छ । सोही संस्थाकी व्यवस्थापक बन्दना घिमिरेले यस संस्थाले शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने कार्य गर्नुका साथे आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको बताउनु भएको छ ।

२०७७ पुस २५ गते सो संस्थाको ११औं वार्षिक साधारणसभा सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष अनशन साखको अध्यक्षतामा सम्पन्न भयो । एक साता लगाएर सम्पन्न गरिएको उक्त साधारणसभामा त्यसै संस्थाका अध्यक्ष साखले सो संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘हाम्रो यस संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको सक्रियता , शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताका कारण कोभिड-१९ को महामारीको विषम परिस्थितिमा पनि हाम्रो यो संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको छ’ भन्नुभयो । उहाँले सुखी र समृद्ध सदस्य भन्ने उद्देश्यले छरिएर रहेको स-सानो पूँजीलाई एकत्रित गरी बचत तथा ऋण कारोवारको माध्यमबाट आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले २०६६ सालमा स्थापना भई सहकारीको सिद्धान्त , मुल्य र मान्यता अनुुुुरुप आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार सञ्चालन भइरहेको यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ भन्दै हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.२ करोड १८ लाख , निक्षेप संकलन रु.१६ करोड २४ लाख , , जगेडा तथा अन्य कोषहरु रु.१ करोड ११ लाख,  कूल कारोबार रु.२० करोड ५ लाख र मुनाफा आर्जन रु.४७ लाख ७७ हजार रहेको बताउनुभयो । ‘दिगो विकासका लागि योजना निर्माण गरी अगाडि बढेको यस संस्थाले जोखिम कम   लाभदायक र बढी जनसहभागिता हुने उत्पादनशील क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको छ’, उहाँको भनाई थियो ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी २०७७ पुस २० देखि २४ गतेसम्म आफ्ना शेयर सदस्यहरु वीच संस्थाको प्रतिवेदनहरु माथि छलफल गरी सुझाव संकलन गरेर सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप- समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु र सिमित शेयर सदस्यहरुको उपस्थितिमा प्रविधिको माध्यमबाट सम्पन्न  उक्त साधारणसभामा सोही संस्थाका उपाध्यक्ष विष्णु श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्दै आफ्नो व्यवसायिक वातावरण निर्माण र जोखिम व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको हाम्रो यस संस्थाले प्राकृतिक प्रकोपको अवस्थामा आफ्ना शेयर सदस्यहरुलाई सहयोग पुर्‍याउने उद्देश्य अनुरुप रत्नसुन्दर प्राकृतिक विपद कोष स्थापना गरेको बताउनुभयो ।

Leave a Reply