टाईम साकोस, बर्दघाटले आफ्नो कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुलाई उत्प्रेरणा पुग्ने कार्यक्रम आयोजना गर्ने

0 Shares

नवलपरासीको  बर्दघाटमा रहेको टाईम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुलाई प्रेरणा पुग्ने कार्यक्रम आयोजना गर्ने गरी कार्य गरिरहेको जनाएको छ । सो संस्थाकी व्यवस्थापक रुवी चापागाईले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७७/०७८ मा ९०७ जना शेयर सदस्य , रु.३,१०,००० शेयर पूँजी र रु.२,८६,११,२७४ बचत थप गर्ने लक्ष्यका साथ कार्य भइरहेको छ’ भन्नुभयो । उहाँले २०६८ बैशाख १२ गते विधिवत दर्ता भएर सञ्चालन भइरहेको यो संस्थाले बचत तथा ऋण कारोवार मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो । यस संस्थाले आफ्नो सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने , आफ्ना शेयर सदस्य तथा कर्मचारीहरुको लागि सहकारी तालिम शिक्षा कार्यक्रम , गोष्ठि , सेमिनार र अवलोकन भ्रमण आयोजना गर्ने योजना निर्माण गरिरहेको उहाँको भनाई छ ।

उक्त संस्थाको २०७७ मंसिर २८ गतेदेखि पुस १० गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी ९औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यायको अध्यक्षता र  संविधानसभा सदस्य सीतादेवी बौडेलको प्रमुख आतिथ्यतामा  साधारणसभा सम्पन्न भएको थियो । राष्ट्रिय सहकारी बैंक लि. , बर्दघाट शाखाकी प्रमुख सविना पोखरेल र नेफ्स्कून , फिल्ड कार्यालय , भूमही, नवलपरासीका प्रमुख नेत्रप्रसाद सापकोटाको विशेष आतिथ्यता रहेको साधारणसभामा त्यसै संस्थाका उत्कृष्ट कर्मचारी लक्ष्मी न्यौपाने ढकाल र किशोर शर्मालाई सम्मानित गरिएको थियो । सोही संस्थाकी उपाध्यक्ष फुलकुमारी गिरीले स्वागत मन्तव्य र सचिव बोल्गा नेपालले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा उक्त संस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यायले वार्षिक प्रतिवेदन 

,कोषाध्यक्ष हरिप्रसाद भुर्तेलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक केशव न्यौपानेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

त्यस साधारणसभाले सो संस्थाका सचिव बोल्गा नेपाल र कोषाध्यक्ष हरिप्रसाद भुर्तेलले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गरी  रिक्त सचिव र कोषाध्यक्ष पदमा क्रमश: गंगा पाण्डे र गंगाप्रसाद पाठकलाई चयन गरेको थियो ।

Leave a Reply