यती साकोस, बालकुमारीको निक्षेप संकलन रु.१०,३६,८८,५७७.१९

0 Shares

ललितपुर महानगरपालिका-९, , बालकुमारीमा रहेको यती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो शेयर सदस्य, शेयर पूँजी र कारोवार बृद्धि गर्ने कार्य गरिरहेको जनाएको छ । सो संस्थाका अध्यक्ष रामलाल अवालेले  ‘हाम्रो यस संस्थामा तरलता र कर्जामा समस्या छैन र बजारमा आर्थिक गतिविधि बढेसँगै यो संस्थाको कारोवार  बृद्धि भइरहेको छ’ भन्नुभयो । उहाँले आफ्नो १२औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्योजना कार्यान्वयन गरिरहेको यस संस्थामा २०७७ पुस २९ गतेसम्म शेयर सदस्य संख्या ६०७ , शेयर पूँजी रु.१,१२,४३,१०० , निक्षेप संकलन रु १०,३६,८८,५७७.१९ , कर्जा लगानी रु.९,७६,९१,७६३ र जगेडा कोष रु.११,६३,४८३.३५  रहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

२०७७ पुस १९ देखि २५ गतेसम्म सम्पन्न उक्त संस्थाको १२औं वार्षिक साधारणसभाले पुन: रामलाल अवालेको अध्यक्षतामा सञ्चालक समिति र प्रेमरत्न अवालेको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको थियो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा श्यामबहादुर बस्ताकोटी , सचिवमा पूर्ण कृष्ण श्रेष्ठ , कोषाध्यक्षमा योगेन्द्र कार्की र सदस्यमा इन्द्रकुमारी महर्जन , नवराज पोखरेल र राम कृष्ण अवाले तथा लेखा सुपरीवेक्षण समिति सदस्यमा सुरेन्द्रराज अवाले र रामहरि अवालेले हुनुहुन्छ ।

सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी प्रविधि मार्फत सञ्चालन भएको सो साधारणसभामा उक्त संस्थाका अध्यक्ष रामलाल अवालेले संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष योगेन्द्र कार्कीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक प्रेमरत्न अवालेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणसभाबाट छलफल गरी पारित गरिएको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थामा शेयर सदस्य संख्या ४१६ , शेयर पूँजी रु.१,११,५८,४०० , निक्षेप संकलन रु.९,८२,५०,८९६.०५ र ऋण लगानी रु.१०,३२,९४,३७५ रहेको उल्लेख छ ।

सो साधारणसभाको २०७७ पुस १९ गते शुभारम्भ भएको थियो । सोही संस्थाका अध्यक्ष रामलाल अवालेको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभा अन्तर्गत पुस १९ देखि २४ गतेसम्म शेयर सदस्यहरु वीच संस्थाको प्रतिवेदनहरु माथि छलफल गरी सुझाव संकलन गरिएको थियो ।

Leave a Reply