सेभ एण्ड एन्हान्स साकोस, बलम्बुको कूल कारोवार रु.४४ करोड ४६ लाख

0 Shares

काठमाडौंको बलम्बुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । सो संस्थाका अध्यक्ष शंकर श्रेष्ठलेे  आर्थिक वर्ष २०७७/०७८ को अन्तसम्ममा आफ्नो शेयर सदस्य संख्या ४ हजार , शेयर पूँजी रु.२ करोड ५० लाख र कूल कारोवार रु.५२ करोड पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन गरिरहेको हाम्रो यस सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकारी संस्था लि. मा २०७७ माघ १२ गतेसम्म शेयर सदस्य संख्या ३ हजार ६ सय ६४ , शेयर पूँजी रु.२ करोड ६ लाख , निक्षेप संकलन रु.४२ करोड , कर्जा लगानी रु.३१ करोड र कूल कारोवार रु.४४ करोड ४६ लाख रहेको सहकारी सञ्जाललाई बताउनुभयो । ‘यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवालाई थप गुणस्तरीय बनाउने गरी कार्य भई रहेको छ’ उहाँको भनाई छ । उहाँले कोरोना महामारीको विषम परिस्थितिमा पनि यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा भएको कारोवारको आधारमा आफ्ना शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरणगर्न सकेको बताउनुभयो ।

सो संस्थाको २०७७ पुस १५ देखि २४ गतेसम्म २२औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सहकारी विभागको सहकारी संघ/संस्थाको साधारणसभा सम्बन्धी निर्देशन पालना गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सम्पन्न साधारणसभाको उक्त संस्थाका जेष्ठ शेयर सदस्य काजी श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

त्यसै संस्थाका सचिव गौतम नकर्मीले सञ्चालन र प्रबन्धक गगन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधारणसभामा सोही संस्थाका अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन , कोषाध्यक्ष मधु श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक के.पी. पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

Leave a Reply