शिवम साकोसको सेवाकेन्द्र तेञ्जिङ चोकमा

काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शिवम बचत तथा ऋण सहकारी संस्था लि.ले बिहीबारबाट काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ तेञ्जिङ चोकमा शिवम सहकारी सेवाकेन्द्र सञ्चालन शुरु गरेको छ । सो संस्थाको काठमाडौंको जोरपाटीमा यस अघिबाट नै शिवम सहकारी सेवाकेन्द्र सञ्चालनमा छ ।
उक्त सेवाकेन्द्रको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले रिबन काटी उद्धाटन गर्नु भएको थियो थियो भने बटुकहरुले स्वस्तिक बाचन गरेका थिए । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर खरेलले आर्थिक तथा सामाजिक क्षेत्रमा सहकारीले पु-याएको योगदानको चर्चा गर्दै बुढानिलकण्ठ नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धनलाई जोड दिएको बताउनुभयो । उहाँले सहकारीको सिद्धान्त , मुल्य र मान्यता बमोजिम आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने गरी कार्य गर्दै शिवम साकोस सफलतापूर्वक अगाडि बढ्न सकोस् भनी कामना व्यक्त गर्नुभयो । सोही संस्थाका अध्यक्ष नवराज राउतले अध्यक्षता , सल्लाहकार तथा गोकर्णेश्वर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन र शेयर सदस्य उद्धव रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उप-मेयर रमादेवी राई र सोही नगरपालिकाका वडा नं.१२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं.११ का वडा अध्यक्ष राजु अधिकारी , सोही नगरपालिका वडा नं.१२ का वडा सदस्य डिल्लीप्रसाद खतिवडा , मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल , राम्रो जोरपाटी- हाम्रो जोरपाटीका अध्यक्ष बटुकृष्ण ढुङ्गेल तथा समाजसेवीहरु रविप्रसाद पौडेल , अभिमन्यु हुमागाई , सीताराम राउत र तारा देवान अतिथिको रुपमा उपस्थित हुनु भएको कार्यक्रममा त्यसै संस्थाका अध्यक्ष राउतले सोही संस्थाको गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा त्यसै संस्थाका उपाध्यक्ष सुनिल भट्ट , सचिव दिनेश पुरी , कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठ , मुख्य व्यवस्थापक राजेन्द्र श्रेष्ठ , सोही सेवाकेन्द्रका प्रमुख रेणु श्रेष्ठ , जोरपाटी सेवाकेन्द्रका प्रमुख श्रीधर पोखरेल लगायतको उपस्थिति रहेको थियो । स्वास्थानी पूर्णिमाको दिनको साइत पारेर उक्त सेवा केन्द्र उद्घाटन गरिएको आयोजकको भनाई छ ।