५ वर्षे रणनीतिक योजना बनाउदै चन्द्रसूर्य साकोस
ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ५ वर्षे रणनीतिक योजना बनाइरहेको जनाएको छ । सो संस्थाका अध्यक्ष रामशरण बस्नेतले ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको हाम्रो यस चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि. लेे आफ्नो वार्षिक कार्यक्रम भित्र रहेर शेयर सदस्य , शेयर पूँजी र कारोवार बूद्धि गर्ने कार्य गरिरहेको सहकारी सञ्जाललाई बतााउनुभयो । उहाँले ‘हाम्रो यो संस्थाले आफ्नो सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि आउदो फागुनमा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने तयारी गरिरहेको छ’ भन्नुभयो ।
उक्त संस्थाको २०७७ पुस २० देखि २८ गतेसम्म १०औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष रामशरण बस्नेतको अध्यक्षतामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पन्न भएको थियो । साधारणसभाले पुन: रामशरण बस्नेतको अध्यक्षतामा सञ्चालक समिति र कमल विष्टको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको थियो । 
४ वर्षे कार्यकाल रहने सञ्चालक समितिको उपाध्यक्षमा रोशनलाल श्रेष्ठ , सचिवमा कमल के.सी., कोषाध्यक्षमा सन्तोष घिमिरे र सञ्चालक सदस्यमा गोकुल घिमिरे शर्मा , राजु बजगाई , उमा महत, विद्याप्रसाद शर्मा , सुदर्शन के.सी., सुजन सञ्जेल , सुरक्षा सुवेदी , नविन प्रकाश महत र श्याम कुमार यादव तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा प्रेमप्रसाद घिमिरे र सीतादेवी पोखरेल हुनुहुन्छ ।
