प्रस्तावित नेपाल सहकारी बैंक लि.को प्रारम्भिक भेला आज , राष्ट्रिय सहकारी बैंक लि.को नाफा २८.४७ प्रतिशतले बढ्यो

0 Shares

प्रस्तावित नेपाल सहकारी सहकारी बैंक लि. को प्रारम्भिक भेला आज काठमाडौंको बबरमहल स्थित कार्की बैंङ्क्वेटमा हुने भएको छ । अहिले विहान ११ बजेबाट शुरु हुने सो भेलाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । सहकारी ऐन,२०७४ र सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुरुप आवश्यक फाइल जम्मा भई सकेकोले उक्त भेला सम्पन्न भएसँगै त्यस बैंकको दर्ता प्रक्रिया शुरु हुने सोही बैंकको तदर्थ समितिको विज्ञ उप-समितिका प्रमुख डा.ज्ञानेन्द्रप्रसाद पौडेलको  भनाई छ । उहाँले प्रस्तावित नेपाल सहकारी बैंक लि.ले तय गरेको मापदण्ड भित्र रहेर जुनसुकै सहकारी संघ/संस्था यस बैंकको सदस्य बन्न सक्ने सहकारी सञ्जाललाई बताउनुभयो ‌। राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान सञ्चालक सदस्य तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीको संयोजकत्वमा गठित उक्त बैंकको तदर्थ समितिको आयोजनामा सो भेला हुन लागेको बताइएको छ ।

यता आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासिकमा रु. २७ कराेड ५० लाख ४३ हजार नाफा आर्जन गरेको राष्ट्रिय सहकारी बैंक लि. को चालु आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासिकमा नाफा २८.४७ प्रतिशतले बृद्धि भएर रु.३५ कराेड ३३ लाख ६६ हजार पुगेकाे तर सञ्चालन मूनाफा भने रु.२१ कराेड १० लाख २४ हजाररहेकाेमा चालु आर्थिक वर्ष २०७७/०७८ साेही अवधिमा रु.११ कराेड ४३ लाख २ हजार मात्रै रहेकाे उक्त बैंकको भनाई छ ‌। सो बैंकमा रु.२ अर्व ८३ कराेड २ लाख १० हजार  चुक्ता पूँजी र रु.१ अर्ब ३ कराेड ८९ लाख २४ हजार जगेडा काेष रहेकाे जनाइएको छ ।

Leave a Reply