सिवाईसी साकोसले ग-यो एकै दिन थप २ सेवाकेन्द्र बिस्तार
बागलुङ बजारमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको सिवाईसी वचत तथा ऋण सहकारी सस्था लि.ले बागलुङको जैमिनी नगरपालिका वडा नं.६ को अर्जेवाको ओख्ले र वडा नं. ७, जैदीको चौरमा यही माघ १९ गते एकै दिन आफ्नो थप १/१ वटा सेवाकेन्द्र स्थापना गरेको समाचार प्राप्त भएको छ । साविकको धौलागिरी अञ्चल भर कार्यक्षेत्र रहेको र बागलुङका सवै स्थानीय तहमा आफ्नो सेवाकेन्द्र विस्तार गरी वडा स्तरमा सेवाकेन्द्र विस्तार थालेको सो सहकारी संस्थाको यी सहित सेवाकेन्द्रको संख्या १६ पुगेको जनाइएको छ ।
जैदीको चौरमा सो संस्थाको १५औं सेवाकेन्द्रको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले
‘सहकारी संस्थाहरु मध्ये सिवाईसी साकोसले फरक पहिचान साथ आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको देखिएको छ’ भन्नुभयो । सिवाईसी वचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता , जैदी सदस्यसेवा केन्द्रका संयोजक मोहराज शर्माले स्वागत मन्तब्य र हरिनारायण पौडेलले सञ्चालन गर्नु भएको त्यस उद्घाटन कार्यक्रममा नेपाली काग्रेसका बागलुङ जिल्ला कार्य समितिका सचिव नवराज शर्मा पौडेल , जैमिनी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष विजय अधिकारी , सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक कृष्णप्रसाद रिजाल तथा सोही संस्थाका शेयर सदस्य दीपेन्द्र अधिकारी लगायतले आ-आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यस्तैगरी जैमिनी नगरपालिका-६, अर्जेवाको ओख्लेमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.को १६औं सेवाकेन्द्रको उद्घाटन उक्त संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले गर्नुभयो । सो अवसरमा उहाँले सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. सुगमदेखि दूरदराज सम्मका सबै नागरिकहरुलाई वित्तीय र गैरवित्तीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ स्थापना भएको भन्दै बचत गर्ने बानीको विकास नहुँदा गरिबी झेल्नु परेकोले गरिबी अन्तको लागि यस सहकारी संस्थाले काम गर्ने बताउनुभयो । यस संस्थाले यही माघ २१ र २२ गते म्याग्दी र पर्वतमा आफ्नो सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलको भनाई छ । सिवाइसी वचत तथा ऋण सहकारी सस्था लि.का सहसचिव सुभाष आचार्यले स्वागत मन्तब्य , सोही संस्थाको अर्जेवा सेवाकेन्द्रका संयोजक दलबहादुर थापाले अध्यक्षता र त्यसै सेवाकेन्द्रकी सचिव वेमकुमारी थापाले सञ्चालन गर्नु भएको त्यसै उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस बागलुङ जिल्ला कार्य समिति सचिव नवराज शर्मा पौडेल , जनशिक्षित मा.वि.का प्र.अ. नारायण चालिसे , सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक कृष्णप्रसाद रिजाल,जैमिनी नगरपालिका वडा नं. ६ का वडा सदस्य केशवराज शर्मा ,पत्रकार सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
ती दुबै सेवाकेन्द्र उद्घाटन कार्यक्रममा ७५ जना त्यस संस्थाको शेयर सदस्य बनेका थिए ।
यस अघि यही १७ गते त्यस संस्थाको बागलुङको गलकोट नगरपालिका- ८, काडेवासमा आफ्नो १४औं सेवाकेन्द्र विस्तार गरेको थियो । साविकको धौलागिरि अञ्चल भित्रका ३० वटा सहकारी संस्था बीच एकीकरण गरेर अगाडि बढेको त्यस सहकारी संस्थाको उक्त सेवाकेन्द्रको उद्घाटन गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले गर्नु भएको थियो । उहाँले सरकारले ल्याएको सहकारी एकीकरण गर्ने अभियानलाई आत्मसाथ गरेर सिवाईसी साकोसले सकारात्मक काम गरेको भन्दै समाजमा छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरेर यसले आफ्ना सदस्यको जीवनस्तर परिवर्तन गर्न सहयोगीको भूमिका खेल्न सकोस् भनी शुभ-कामना व्यक्त गर्नुभयो । उक्त संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले अध्यक्षता , काँडेबाँस सदस्य सेवाकेन्द्रकी सचिव शुशिला गौतम चालिसेले सञ्चालन र नमकुमारी सापकोटा चालिसेले स्वागत मन्तब्य व्यक्त गर्नु भएको त्यस उद्घाटन कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद कँडेल, सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. का उपाध्यक्ष गण्डकी थापा अधिकारी ,सञ्चालक हर्क पाण्डे , सञ्चार उप-समितिका सदस्य राजेशचन्द्र राजभण्डारी , गलकोट सेवाकेन्द्रका सचिव खिमबहादुर साहनी , काँडेवास सदस्य सेवाकेन्द्र ब्यवस्थापन समितिका संयोजक पबित्रा बुढाथोकी , समाजसेवी आत्माराम शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै सिवाईसी साकोसले ग्रामीण क्षेत्रमा वित्तिय पहुच विस्तार गरी छरिएर सहेको पूँजीलाई एकत्रित गरी चलायमान गराएको विचार व्यक्त गर्नु भएको थियो ।
त्यस संस्थामा १३ हजार ४ सय ७७ जना शेयर सदस्य , रु.२४ करोड ६ लाख ४० हजार शेयर पूँजी , रु.१ अर्ब ३० करोड निक्षेप , रु.९९ करोड ऋण प्रवाह र रु.१अर्ब ७२ करोड ३ लाख २५ हजार कूल पूँजी रहेको जनाइएको छ ।
