शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्दै हातेमालो साकोस , सिमरा

0 Shares

बाराको सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७६/०७७ मा भएको कारोवारबाट आर्जन गरेको नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा छुट्याएको रु.३९ लाख ५ हजार रकम आफना शेयर  सदस्यहरुलाई वितरण शुरु गरेको जनाएको छ ।  शेयर सदस्यहरुलाई उनीहरुले गरेको बचतको आधारमा  ४.८२ प्रतिशत र असल ऋणी सदस्यलाई उनीहरुले तिरेको व्याजको आधारमा ४.१८ प्रतिशत रकम सोही संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले वितरण शुभारम्भ गर्नु भयो । उक्त अवसरमा राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय सिमराका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा गरेको कारोवारको नाफाबाट शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गरेको त्यस संस्थामा शेयर सदस्य संख्या ३ हजार ५ सय र कूल कारोवार रु.५३ करोड रहेको र  उक्त संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा रु.२ करोड ३१ लाख ४४ हजार कुल मुनाफा आर्जन गरेको त्यसै संस्थाका व्यवस्थापक महेश ढुङ्गेलको भनाई छ ‌।

 

Leave a Reply