आफन्त साकोस, शंकरपुर , रुपन्देहीले बृहत रक्तदान कार्यक्रम गरी मनायो १०औं स्थापना दिवस

0 Shares

रुपन्देहीको देवदह नगरपालिका-११, शंकरपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.ले ‘रक्तदान- जीवनदान’ भन्ने मन्त्रलाई आत्मसाथ गरी बिगतका वर्षहरुमा झैं यस वर्ष पनि बृहत रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो १०औं स्थापना दिवस मनाएको छ । सोही संस्थाको आफ्नै भवनमा यही माघ २१ गतेे नेपाल रेडक्रस सोसाइटी , देवदह उप-शाखाको प्राविधिक सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । त्यसै संस्थाका उपाध्यक्ष फूलप्रसाद पाण्डेयले अध्यक्षता , सञ्चालक सदस्य मनकला पाण्डेय गैरेले स्वागत मन्तब्य र व्यवस्थापक विजय बहादुर क्षेत्रीले सञ्चालन तथा नेपाल रेडक्रस सोसाइटी , देवदह उप-शाखाका प्रमुख कृष्णप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको सोही रक्तदान कार्यक्रममा ५८ वर्षीय गोविन्दराम तेलीले पनि रक्तदान गर्नु भएको थियो ।

त्यसै अवसरमा उक्त संस्थाको १०औं स्थापनि दिवसको उपलक्ष्यमा हर्षोल्लासका साथ एक अर्कामा शुभकामना आदान प्रदान गरिएको थियो ।

Leave a Reply