टाँडीमा राष्ट्रिय सहकारी बैंक लि.को शाखा स्थापना

0 Shares

गत असोजमा नेपाल राष्ट्र बैंकबाट थप २४ वटा नयाँ शाखा सञ्चालनको अनुमती पाएसँगै आफ्नो शाखा विस्तारलाई अभियानको रुपमा अगाडि बढाइरहेको राष्ट्रिय सहकारी बैंक लि.ले आफ्नो नयाँ शाखा चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा सञ्चालनमा ल्याएको छ ।
उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीको उपस्थितिमा सो
शाखा कार्यालयको हिजो बाग्मती प्रदेश, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मतिना जोशी बैद्यले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बागमती प्रदेश,सहकारी महाशाखाका रजिष्ट्रार विक्रमप्रसाद पाण्डेय,त्यसै बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
१२ हजार भन्दा सहकारी संघ/संस्थाहरु सदस्य रहेको सो बैंकको उक्त शाखा उद्धाटन कार्यक्रममा सहकारी संघ/संस्थाहरुलाई निमन्त्रणा गरिएको थियो ।

Leave a Reply