रुपन्देहीको तिलोत्तमाका ९ वटा सहकारी संस्था वीच एकीकरण हुने

0 Shares
रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र सञ्चालनमा रहेका ७ वटा बचत तथा सहकारी संस्था र २ वटा बहुउद्देश्यीय सहकारी संस्था गरी ९ वटा सहकारी संस्थाहरु वीच एकीकरण हुने सहमती भएको छ । तिलोत्तमा  नगरपालिका-५ , मा रहेको समावेशी कल्याण वचत तथा ऋण सहकारी संस्था लि.को १ वर्षदेखिको पहलबाट सो एकीकरण गर्ने सहमती भएको हो ।  सो एकीकरणको संयोजन गर्ने जिम्मेवारी भरत भुसाललाई दिइएको छ । २०७८ बैशाख १ गतेदेखि एकीकृत कारोवार गर्ने गरी यही माघ २१ गते ती संस्थाहरु वीच एकीकरण गर्ने सहमती भएको हो । एकीकरणपछि बन्ने एकीकृत संस्थमा शेयर सदस्य संख्या ४ हजार ९ सय , शेयर पूँजी रु.८ करोड ९५ लाख , निक्षेप रु. ७२ करोड २१ लाख ६३ हजार र जगेडा तथा अन्य कोष रु १३ करोड ३५ लाख ६० हजार  हुने तथा त्यस संस्थाको  कार्यक्षेत्र बुटवल उप-महानगरपालिका , तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रहने , हाल सबै सहकारी संस्थामा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गरिने  र साविकका सहकारी संस्थाका कार्यालयलाई एकीकृत संस्थाको सेवा केन्द्रका रुपमा सञ्चालन गरिने सहमती भएको जनाईएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक एकैचोटी यति धेरै संख्यामा सहकारी संस्थाहरु एकीकरण हुन लागेको लुम्बिनी प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको भनाई छ ।

लुम्बिनी प्रदेशले नियमन गर्ने ६ सय ८० सहित लुम्बिनी प्रदेश भित्र  बिभिन्न प्रकृतिका ४ हजार भन्दा बढी सहकारी  संस्थाहरु रहका र तिनमा ९ लाख ६७ हजार २ सय २३ शेयर सदस्य रहेको बताइएको छ ।

Leave a Reply