झापा जिल्ला सहकारी संघ लि.को एक पद अझै रिक्त, अध्यक्षमा गणेश ढकाल निर्विरोध चयन
झापा जिल्ला सहकारी संघ लिमिटेडको लेखा सुपरीवेक्षण समितिको रिक्त १ सदस्यको अझै पदपूर्ति हुन सकेको छैन । यही पुस २९ गते सो संघको २४औं वार्षिक साधारणसभा सम्पन्न भएपनि सबैको सहमतीमा यही माघ १७ गते सम्पन्न उक्त संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनमा लेखा सुपरीवेक्षण समितिको १ सदस्यमा भने कसैको उम्मेद्वारी नपरेको निर्वाचन समितिको भनाई छ । कोषाध्यक्ष पदमा निर्वाचन भए पनि त्यस बाहेक सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका उम्मेद्वारी परेका बाँकी सबै पदका उम्मेद्वार निर्विरोध चयन हुनु भएको थियो । जस अनुसार उक्त सञ्चालक समितिको अध्यक्षमा गणेश ढकाल , बरिष्ठ उपाध्यक्षमा महेन्द्रकुमार गिरी, उपाध्यक्षमा प्रेमकुमार कोइराला, महिला उपाध्यक्षमा चम्पादेवी खनाल सुवेदी, सचिवमा भवानीप्रसाद दंगाल, सह–सचिवमा कृष्णप्रसाद मिश्र र कोषाध्यक्षमा अर्जुन दंगाल तथा सदस्यमा नारायणप्रसाद गौतम, कृष्ण पौडेल , चन्द्रकला भण्डारी , ढुण्डीराज गुरागाईं , कृष्ण पौडेल, चन्द्रकला अधिकारी, पुष्पा उप्रेती , विन्दाकुमारी थापा , देवीमाया अधिकारी, नवराज भट्टराई , केशव बस्नेत, तिलकप्रसाद राजवंशी र नारायणप्रसाद भट्टराई एवं लेखा सुपरीवेक्षण समितिको संयोजकमा चूडामणि ओझा र सदस्यमा प्रेमसागर सापकोटा हुनुहुन्छ ।
