प्रस्तावित नेपाल सहकारी बैंक लि.को तदर्थ सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्र भण्डारी

0 Shares

प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको यही माघ १७ गते काठमाडौंको बबरमहलस्थित कार्की बैङ्क्वेटमा प्रारम्भिक भेला सम्पन्न गरे सँगै सो बैंकको दर्ताको प्रक्रिया अगाडि बढेको बताइएको छ । सोही भेलाले दर्ता प्रक्रिया लगायत आवश्यक कार्य सञ्चालन गर्ने गरी राष्ट्रिय सहकारी महासंघ लि.का नि:बर्तमान सञ्चालक तथा नेपाल बहुउद्देेेेेेश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा तदर्थ सञ्चालक समिति र काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरेको बताइएको छ । त्यस तदर्थ सञ्चालक समितिको सदस्यमा ललितपुरबाट माधव दुलाल , शरदकुमार महर्जन , विनोद डंगोल र शशी खड्का , काठमाडौंबाट पुष्पबहादुर पौडेल , डा.ज्ञानेन्द्रप्रसाद पौडेल , सीताराम काफ्ले , शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, दिलिप पौडेल र राजाराम बुढाथोकी ,भक्तपुरबाट बिदुरमान सिंह बस्नेत , काभ्रेपलाञ्चोकबाट गीता सिग्देल दाहाल , झापाबाट दुर्गाप्रसाद सापकोटा, पर्शाबाट विनोदकुमार दत्त र राजेन्द्र प्रसाद जयसवाल ,चितवनबाट दिनेश चुके, सर्लाहीबाट नागेन्द्र कुमार , स्याङ्जाबाट केशवप्रसाद लम्साल, कास्कीबाट ध्रुवराज पौडेल , गोरखाबाट हरिमान अधिकारी, सुर्खेतबाट पदम दाहाल , बाँकेबाट ललित पहाडी र कैलालीबाट तुलसा देवकोटा  तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा ललितपुरबाट किशोर महर्जन र गोरखाबाट निधिप्रसाद तिमल्सिना हुनुहुन्छ । उक्त सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति गठन भएसँग सो बैंक स्थापना हुनुपर्छ भनेर लागेका कतिपय सहकारी अभियानकर्मीहरुले असन्तुष्टि व्यक्त गरेको पनि देखिएको छ ।

Leave a Reply