डिपार्टमेण्टल स्टोर सञ्चालनको तयारी गर्दै सहारा मल्टीपर्पोज को-अपरेटिभ सोसाइटी लि., मंलंगवा

0 Shares

सर्लाहीको सदरमुकाम मलङ्गवामा मुख्य कार्यालय रहेको सहारा मल्टीपर्पोज को-अपरेटिभ सोसाइटी लि.ले डिपार्टमेण्टल स्टोर सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । सो संस्थाका मुख्य प्रबन्धक सुनिलकुमार गुप्ताले  हाम्रो यस संस्थाको गत महिना सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरे नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो । 

हरिवन , पर्सा , बरहथवा , निजगढ  सिमरा, नारायणगढ , खैरहनी पर्सा , हेटौंडा , कोल्हवी र गोडैतामा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको उक्त संस्थाको २०७७ पुस २७ गते १७औं वार्षिक साधारणसभा मलंगवा नगरपालिका-९, वाल मन्दिरमा सम्पन्न भएको थियो । सोही संस्थाका कार्यकारी अध्यक्ष बसी अहमद मिकरानीको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभामा धुर्वप्रसाद खनाल , राम लक्ष्मण राय , अशोक खनाल , सुरेन्द्रराज कर्ण , भिखारी मंसुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको थप प्रगतिको कामना गर्नु भएको थियो । त्यसै साधारणसभाले छलफल गरी सो संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो । सोही आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्मा सो संस्थामा निक्षेप रु. ५४ करोड ४३ लाख ११ हजार ८ सय ९५ र कर्जी लगानी रु. ५० करोड ५१ लाख २ हजार ८ सय ३२ रहेको उल्लेख छ ।

Leave a Reply