बुडोल सामुदायिक साकोस , बुडोल- बनेपाले मनायो आफ्नो २२औं वार्सिकोत्सव
काभ्रेपलाञ्चोकको बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २२औं वार्षिकोत्सव समारोह शनिवार बनेपा नगरपालिका-६, बुडोल चेतना केन्द्रमा सम्पन्न भयो । सो संस्थाले २६औं रक्तदान कार्यक्रम सहित विभिन्न कार्यक्रम सञ्चालन गरी आफ्नो २२औं वार्षिकोत्सव मनाएको थियो । उक्त संस्थाका अध्यक्ष कैलाश के.सी.ले अध्यक्षता , उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले स्वागत मन्तव्य र सचिव जयराम थापाले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा त्यसै संस्थाका प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कोभिड–१९ को जोखिमलाई मध्यजनर गर्दै सुरक्षा मापदण्ड पालना गरी सम्पन्न त्यस समारोहमा आर्थिक वर्ष २०७६/।०७७ मा सोही संस्थाका उत्कृष्ट कर्मचारी , उत्कृष्ट बचतकर्ता , उत्कृष्ट शेयर खरीदकर्ता , उत्कृष्ट वाल बचतकर्ता र असल ऋणी सदस्य तथा रक्तदाताहरुहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यसै समारोहमाआर्थिक वर्ष ०७६/०७७ मा संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई नगद रकम सहित सम्मानित गरिएको थियो । त्यस समारोहका अध्यक्ष के.सी.ले धन्यवाद ज्ञापन गर्दै ‘हाम्रो यो संस्था आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार सञ्चलन भइरहेको छ’ भन्नुभयो ।
